खोटाङमा दादुरा–रुबेला खोप अभियान शुरु

खोटाङमा दादुरा–रुबेला खोप अभियान शुरु

रोदिक खबर

२९, फाल्गुण २०८०
  • 2.6K
    SHARES
  • खोटाङमा दादुरा–रुबेला खोप अभियान शुरु

    खोटाङमा दादुरा–रुबेला खोप अभियान आज (सोमवार) बाट शुरु भएको छ छ । लक्षित उमेरका बालबालिकाहरूलाई दादुरा–रुबेला खोप लगाएर रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकास्थित सरस्वती आधारभूत विद्यालयमा एक कार्यक्रमकाबीच दिक्तेल रुपाकोट मभुवागढी नगरपालिका–७ चिउरीडाँडाका अनिस खनाललाई खोप लगाएर खोप कार्यक्रम शुरु गरिएको हो ।

    k.jpg

    ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित खोटाङका १० वटै पालिकाहरूमा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन शुरु जिल्ला स्वास्थ्य कार्यालय खोटाङका खोप फोकल पर्सन सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।

    २९ फागुनदेखि चैत्र ३ गतेसम्म सञ्चालन गरिने खोप अभियानमा ५ वर्षमुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने स्वास्थ्य कार्यालय खोटाङका खोप फोकल पर्सन बुढाथोकीले जानकारी दिए ।

    k1.jpg

    फोकल पर्सन बुढाथोकीका अनुसार खोप अभियानको अवधिमा खोटाङमा ३९२ वटा खोप केन्द्रमार्फत ११ हजार ५ सय १६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । यसका लागि जिल्लामा ३९२ जना स्वास्थ्यकर्मी परिचालन गरिएको जनाइएको छ ।

    सन् २०२६ सम्म दादुरा–रुबेला रोग निवारण गर्न नेपाल सरकारको प्रतिबद्धता रहेकोमा नियमित दादुरा–रुबेला खोपको कभरेज ९५ प्रतिशतभन्दा कम भएको कारण खोप अभियान शुरु गरिएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

    k4.jpg

    जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको अध्यक्षतामा भएको खोप शुभाराम्भ कार्यक्रममा दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोतम खड्का, राष्टिय अनुसनधान कार्यालय खोटाङका प्रनाउ नृत्यानन्द ढुङ्गाना, जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रुपेश संग्रौला, दिक्तेल रुपाकोट मभुवागढी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नवराज राई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री लगायतको उपस्थिति रहेको दिक्तेल रुपाकोट मभुवागढी नगरपालिका स्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिए ।

    k5.jpg

    प्रकाशित मिति :फाल्गुण २९, २०८० मंगलवार - १२:४५:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको