समता स्कुलले मनायो छैटौं वार्षिकोत्सव

समता स्कुलले मनायो छैटौं वार्षिकोत्सव

रोदिक खबर

३०, फाल्गुण २०८०
  • 11.9K
    SHARES
  • समता स्कुलले मनायो छैटौं वार्षिकोत्सव

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित समता स्कुलले विभिन्न कार्यक्रम गर्दै छैटौ वार्षिकोत्सव मनाएको छ । समता एजुकेशन फाउण्डेशन काठमाडौंद्वारा सञ्चालित समता स्कुल खोटाङ शाखाले छैटौँ बार्षिकउत्सव शैक्षिक तथा सांस्कृतिक कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो ।

    बार्षिकउत्सव कार्यक्रममा बोल्ने वक्ताहरुले समता स्कुलले आर्थिक तथा भौतिक उपलब्धताको समस्या हुँदाहुदैँ पनि कम शुल्कमा गुणस्तरिय शिक्षा दिन सफल भएको बताएका छन् ।

    कक्षा ६ सम्म सञ्चालनमा रहेको समता स्कूलमा अहिले तीन सय विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ । समता स्कुलले आफ्नो छैटौँ बार्षिक उत्सव तथा अभिभावक भेला अवसर पारेर समता स्कुल खोटाङ सहयोग कोष स्थापना गरेको छ ।

    समता स्कुल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द सैंजुको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सव कार्यक्रममा समता एजुकेशन फाउण्डेशनका संस्थापक अध्यक्ष दिपक सञ्जेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ नम्बर वडाका वडाध्यक्ष नवराज राई, नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर सभापति प्रकाश श्रेष्ठ, समता स्कूल व्यवस्थापन समितिका उपाध्यक्ष किसनकुमार राई, सल्लाहकार कर्ण कार्की, टंक थापा लगायतको उपस्थिति रहेको प्रिन्सिपल सृजना बस्नेत कटवालले जानकारी दिइन् ।

    प्रकाशित मिति :फाल्गुण ३०, २०८० बुधवार - २२:५८:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको