सामुदायिक विद्यालयका शिक्षकहरुको अन्तर जिल्ला सरुवा रोक्का

सामुदायिक विद्यालयका शिक्षकहरुको अन्तर जिल्ला सरुवा रोक्का

रोदिक खबर

६, चैत्र २०८०
  • 5.9K
    SHARES
  • सामुदायिक विद्यालयका शिक्षकहरुको अन्तर जिल्ला सरुवा रोक्का

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्मका लागि अन्तरजिल्ला सरुवा रोक्का गरिएको मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए ।

    हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ६, २०८० मंगलवार - ०८:०७:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको