खोटाङमा १० हजार ६ सय ५ जना बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्ध खोप

खोटाङमा १० हजार ६ सय ५ जना बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्ध खोप

रोदिक खबर

६, चैत्र २०८०
  • 7.5K
    SHARES
  • खोटाङमा १० हजार ६ सय ५ जना बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्ध खोप

    खोटाङ । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा खोटाङमा १० हजार ६ सय ५ जना बालबालिकाले दादुरा–रुबेला खोप लगाएका छन् ।

    लक्षित उमेरका बालबालिकाहरूलाई दादुरा–रुबेला खोप लगाएर रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मभुवागढी नगरपालिका–७ चिउरीडाँडाका अनिश खनाललाई खोप लगाएर शुरु गरिएको खोप कार्यक्रम २९ फागुनदेखि चैत्र ३ गतेसम्म सञ्चालन गरिएको स्वास्थ्य कार्यालय खोटाङका खोप फोकल पर्सन सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।

    ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित खोटाङमा ३९२ वटा खोप केन्द्रमार्फत १० वटै पालिकाहरूमा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाका लागि खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । जसका लागि जिल्लामा ३९२ जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।

    सन् २०२६ सम्म दादुरा–रुबेला रोग निवारण गर्न नेपाल सरकारको प्रतिबद्धता रहेकोमा नियमित दादुरा–रुबेला खोपको कभरेज ९५ प्रतिशतभन्दा कम भएको कारण खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चम्लागाइँले जानकारी दिए ।

    यस्तै, अभियानका अवशरमा ५ वर्षमुनिका बालबालिकालाई छुट भएको नियमित खोप  डि.पि.टि खोप १३, पि.सि.भी. खोप १९ जना, आई. पि. भी. खोप १४ जना बालबालिकालाई लगाइएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ६, २०८० मंगलवार - १४:४१:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको