कोशी शी प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कुमार सुनुवारले सरकारी अश्पाताल प्रति नागरिहरको बिश्वास कम रहेको बताएका छन । जिल्ला अस्पताल धनकुटाको अनुगमन गर्दै मन्त्री सुनुवारले उक्त कुरा बताएका हुन ।
अस्पतालमा रहेका चिकित्सकहरुलाई निर्देशन दिदै मन्त्री सुनुवार सरकारी अस्पतालहरुले अव नागरिकहरुको मन जित्ने गरि काम गर्नु पर्ने बताएका छन ।
मन्त्री सुनुवारले अस्पतालमा चिकित्सकको अभाव कम गर्न नेपाल सरकारको छात्रबृती करारमा अध्यन सकेर काम गर्न आउने छात्रबृती करार चिकित्सकहरुलाई एक बर्ष अनिबार्य अति दुर्गम तथा दुर्गम क्षेत्रमा काम गर्नु पर्ने कार्यविधी ल्याउने तयारी गरिएको समेत बताएका छन ।
पहाडी क्षेत्रमा डाक्टर जान मान्दैनन् डाक्टर नभए पछि प्रभावकारी सेवा दिन सकिन्न प्रभावकारी सेवा नभए पछि सरकारी अस्पतालहरु प्रति नागरिकको बिश्वास कम छ ।
अव सरकारी अस्पतालहरुले नागरिकको बिश्वास जित्ने गरि काम गर्नु पर्ने बताएका छन । पहाडी तथा दुर्गम क्षेत्रमा डाक्टरहरुको अभावलाई कम गर्नका लागी यो कार्यविधी ल्याउन लागीएको मन्त्री सुनुवारले बताएका छन ।