शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

सुनकोशी नदीमा डुबेका तीनै जना बालबालिका मृत भेटिए

सुनकोशी नदीमा डुबेका तीनै जना बालबालिका मृत भेटिए

रोदिक खबर

१४, चैत्र २०८०
  • 11.2K
    SHARES
  • सुनकोशी नदीमा डुबेका तीनै जना बालबालिका मृत भेटिए

     नदीमा डुबेर मृत अवस्थामा भेटिएका बालबालिका।

    उदयपुर । सुनकोशी नदीमा होली खेलेर नुहाउने क्रममा बेपत्ता भएका तीनै जना बालबालिका मृत भेटिएका छन्। चार दिनअघि गत (आइतबार) होली खेलेर नुहाउन जाँदा धाब्लाङस्थित सुनकोशी नदीमा डुबेर बेपत्ता भएका तीनै जना बालबालिका मृत भेटिएका हुन्।

    उदयपुर र खोटाङको बिच भएर बग्ने सुन नदीमा नुहाउँदै गर्दा डुबेका त्रियुगा नगरपालिका(१४ साउनेका बालबालिका मृत भेटिएका हुन्। त्रियुगा(१४ का वडाध्यक्ष हिमराज मगरका अनुसार बेपत्तामध्ये २ जनाको शव बुधबार ८ घण्टाको फरकमा भेटिएको हो भने १ जनाको शव अघिल्लो दिन दिउँसो भेटिएको थियो।

    बुधबार दिउँसो ३ः३० बजे १२ वर्षीय लोकबहादुर मगर र बिहान ७ः३० बजे १२ वर्षीया रेखा मगरको शव भेटिएको हो। लोकबहादुरको शव घटनास्थलदेखि अढाई किलोमिटर तल कम्पुघाटमा नदी किनारमा तैरिरहेको अवस्थामा भेटिएको वडाध्यक्ष मगरले बताए।

    रेखा घटनास्थलदेखि २ किलोमिटर तल सिम्लेमा भेटिएकी थिइन् भने रिदम अघिल्लो दिउँसो घटनास्थलदेखि १ किलोमिटर तल घिर्लिङमा आधा शरीर डुबेको अवस्थामा किनारमै भेटिएका थिए। मृत भेटिएका तीनै जना बालबालिकाको शव पोष्टमार्टमका लागि सदरमुकामस्थित उदयपुर जिल्ला अस्पताल गाईघाट ल्याइएको छ। पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

    आइतबारको होलीमा बिहानैदेखि रङ खेल्न थालेका उनीहरु नुहाउन भन्दै घरदेखि ६ किलोमिटर तल धाब्लाङघाट पुगेका थिए। नदीमा नुहाउँदै गर्दा घुमाउने (पानीको भुमरी) मा परेर डुबेका उनीहरु निस्कन नसकेर बेपत्ता भएका थिए।

    डुबे लगत्तै स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गर्न खोजे पनि भेटिएका थिएनन्। सो दिन राति अबेरसम्म खोज्दा नभेटिएपछि गाईघाटस्थित सशस्त्र प्रहरी बल ५ नं। हेडक्वाटर त्रियुगाको उद्धार टोलीसँगै दर्जन बढी गोताखोरको टोली परिचालन गरी उनीहरूको खोजी कार्य जारी राखिएको थियो।

    प्रकाशित मिति :चैत्र १४, २०८० बुधवार - १७:३९:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको