जनजागृति मावि सोल्माले निकाल्यो आईईएमआईएस प्रणालीमा नतिजा

जनजागृति मावि सोल्माले निकाल्यो आईईएमआईएस प्रणालीमा नतिजा

रोदिक खबर

२६, चैत्र २०८०
  • 10.7K
    SHARES
  • जनजागृति मावि सोल्माले  निकाल्यो आईईएमआईएस प्रणालीमा नतिजा

    खोटाङ । जनजागृति माध्यमिक विद्यालय सोल्मा खोटाङले वार्षिक परीक्षाको नतिजा आईईएमआईएस (एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली) मा प्रकाशन छ। शुभद्रा–मदन फाउण्डेसनको व्यवस्थापनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा डाँडागाउँमा सञ्चालित विद्यालयले कक्षा–१ देखि कक्षा–९ सम्मको परीक्षाको नतिजा आईईएमआईएस निकालेको हो।

    हालसालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विकसित गरेको सफ्टवेयर आईईएमआईएस प्रयोग गरी वार्षिक नतिजा प्रकाशन गरिएको जनजागृति माविका प्रधानाध्यापक पदम कुमार राईले बताए। प्रअ राईका अनुसार यसरी सफ्टवेयरमार्फत नतिजा प्रकाशन गर्दा विद्यार्थीको जन्म मिति, सिम्बोल नम्बर, ईमिस कोड नम्बर, प्राप्ताङक नम्बर, प्रयोगात्मक नम्बर र कूल जिपिए सिस्टममा देखिनेछ। जुन विद्यार्थीको नतिजा सिधै मन्त्रालयबाट हेर्न सकिन्छ।

    विद्यालयले सोमबार नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेर आईईएमआईएस नतिजा प्रकाशन गरिएको जानकारी दिएको थियो। अन्य विद्यालयहरुले पूरानै शैलीमा हातले लेखेर नतिजा प्रकाशन गरिरहेका छन्।

    आईईएमआईएस प्रकाशन गरिएको नतिजा अनुसार कक्षा–१ मा डोल्पाका टोप प्रसाद रोकाय प्रथम र खोटाङका सुभचन परियार दोश्रो भएका छन् । कक्षा–२ मा गोरखाकी शिवान गुरुङ प्रथम र खोटाङका एन्जल राई दोश्रो, कक्षा–३ मा दोलखाका सुदिप थामी प्रथम र डोल्पाकी अनिता बोहोरा र खोटाङका रोनिस राई दोश्रो भएका छन् । कक्षा–४ मा खोटाङका निर्भय कार्की प्रथम हुँदा धादिङका अशोक नेपाली दोश्रो भएका छन्।

    कक्षा–५ मा बाजुराका बेदन मिजार प्रथम, धादिङकी तिलकुमारी नेपाली दोश्रो, कक्षा–६ मा मुगुकी दिकु लामु तामाङ प्रथम, मकवानपुरका अबिचल मसाइ मगर दोश्रो, कक्षा–७ मा सिरहाकी आरती कुमारी महतो प्रथम, मुगुकी पासाङ लामु लामा दोश्रो, कक्षा–८ मा खोटाङका अनिस कार्की प्रथम, रुकुमका एन्जल विष्ट मगर र लम्जुङकी अनुसा वाग्ले दोश्रो र कक्षा–९ मा मुगुका विवेक रावत प्रथम हुँदा गोरखाकी शिवानी गुरुङ दोश्रो भएकी छन् । बाजुराका बेदन मगर विद्यालय प्रथम भएका छन्। बेदन मगर कक्षा–५ मा प्रथम पनि हुन्।

    वार्षिक परीक्षामा प्रथम र दोश्रो हुने विद्यार्थी तथा विद्यालयको आन्तरिक विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राईले पुरस्कार वितरण गरेका थिए ।

    फाउण्डेसनका प्रवन्ध निर्देशक एवंम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुर्य राईको अध्यक्षतामा भएको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा सोल्माका वडाध्यक्ष राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको शैक्षिक सुधार कार्यदलका सदस्य, अभिभावक लगायतको उपस्थिति थियो।

    फाउण्डेसनको व्यवस्थापनमा सञ्चालित आवासीय विद्यालयमा हिमाल, पहाड, तराईका गरी करीव १५० भन्दा बढी बालबालिका अध्ययनरत छन् । नेपालकै नमूना विद्यालयमा परिचित विद्यालयले जीवनमुखी शिक्षा दिंदै आएको छ।

    प्रकाशित मिति :चैत्र २६, २०८० सोमवार - २१:३४:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको