चुनावमा होमियो खोटाङ एमाले, यी हुन उम्मेदवार

चुनावमा होमियो खोटाङ एमाले, यी हुन उम्मेदवार

रोदिक खबर

२९, चैत्र २०८०
  • 12.8K
    SHARES
  • चुनावमा होमियो खोटाङ एमाले, यी हुन उम्मेदवार

    खोटाङ ।नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी खोटाङको आँठौ जिल्ला अधिवेशन अन्ततः निर्वाचनमा होमिएको छ।

    एमालेको दुई धारका नेताहरुबीच पटक–पटक सहमतिमा नेतृत्व टुङग्याउने प्रयासहरु असफल भएसँगै अधिवेशन निर्वाचन प्रक्रियामा होमिएको हो।

    निर्वाचन कमिटिले बिहीबार राती ९ः३० बजेपछि उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको छ।

    received_2159766714370769.jpeg

    प्रमुख निर्वाचन अधिकृत लाल प्रसाद घिमिरेका अनुसार अध्यक्षमा राम प्रसाद दंगाल र देवविक्रम राईको उम्मेदवारी परेको छ। दंगाल वर्तमान अध्यक्ष र राई उपाध्यक्ष हुन्।उ

    पाध्यक्षमा कुमार प्रसाद आचार्य र उपिन कुमार राई प्रतिस्पर्धा गर्ने भएका छन्। आचार्य पार्टीको वर्तमान सचिव हुन, राई सचिवालय सदस्य हुन्। सचिवमा सुरेन्द्र कुमार राई निर्विरोध चयन भएका छन्। राई यसअघि पार्टीको उपसचिव थिए।

    पुरुष उपसचिवमा गीरेन्द्र बहादुर राई, कमल ढकाल, गोपालचन्द्र आचार्य, गोपिकृष्ण खड्का, चक्र बहादुर राई (दिलचक्र), दिनेश कुमार राई, राजन कुमार बन्जारा, युवराज रिजाल प्रतिस्पर्धा गर्नेछन्। महिला उपसचिवमा कविता राई र भगवती प्रधान उम्मेदवार छन्।

    निर्वाचनमा ५७९ जना प्रतिनिधिले मताधिकार प्रयोग गरी तीनवर्षे कार्यकाल हाँक्ने नेतृत्व चयन गर्नेछन्। एमालेको अधिवेशन निर्वाचन प्रक्रियामा गएसँगै खोटाङ एमाले प्रष्ट रुपमा दुई धारमा विभाजित भएको छ।

    यो चुनाव पोलिटव्युरो सदस्य विशाल भट्टराई भर्सेस केन्द्रीय सदस्य रमेश पौडेल, उषाकला राई, खगेन्द्र राईको भएको एमालेकै नेता कार्यकर्ताहरुले बताउने गरेको छ।

    श्रोतका अनुसार अध्यक्षका उम्मेदवार देवविक्रमलाई विशाल भट्टराई र केही प्रदेश सदस्यहरुले सघाउँने देखिएको छ।

    दंगाललाई तीन केन्द्रीय सदस्य रमेश पौडेल, उषाकला राई, खगेन्द्र राई तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राई र ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष गीरेन्द्र बहादुर राईले सघाउँने देखिएको छ।

    श्रोतका अनुसार पूर्व पार्टी प्रमुखहरु कर्ण घले, हरि पोखरेल र पूर्वमन्त्री एवंम् कोशी प्रदेश सदस्य पिके राई हाललाई साँझा देखिए पनि दंगाललाई सघाउँने श्रोत बताउँछ।

    बुधबार दिक्तेलबजारस्थित बहुउद्देश्य कभर्डहल माटिकोरेमा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवंम् बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अधिवेशन उद्घाटन गरेकी थिईन्।

    प्रकाशित मिति :चैत्र २९, २०८० बिहिवार - २२:१५:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको