विद्यालयलाई प्राथमिक उपचार बक्स प्रदान गर्ने बञ्जराको तयारी

विद्यालयलाई प्राथमिक उपचार बक्स प्रदान गर्ने बञ्जराको तयारी

रोदिक खबर

२, बैशाख २०८१
  • 11.4K
    SHARES
  • विद्यालयलाई प्राथमिक उपचार बक्स प्रदान गर्ने बञ्जराको तयारी

    खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका  ईश्वरप्रसाद बञ्जराले विद्यालयलाई प्राथमिक उपचार बक्स प्रदान गर्ने तयारी गरेका छन् । एक वर्ष अघि प्रहरी सहायक निरिक्षकबाट अवकाश भएका बञ्जराले आफ्नो गाउँपालिकाभरिका ३४ वटा विद्यालयलाई एकरएक थानका दरले प्राथमिक उपचार बक्स प्रदान गर्ने तयारी गरेका हुन् ।

    बञ्जराले शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गरी नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दिलीप खत्रीलाई एक थान प्राथमिक उपचार बक्स हस्तान्तरण गर्दै गाउँपालिकाभरिका सामुदायिक विद्यालयलाई प्राथमिक उपचार बक्स प्रदान गर्ने जानकारी दिएका हुन् ।

    विद्यार्थीलाई आकस्मिक चोटपटक लागेको बेला तत्काल प्राथमिक उपचार गर्ने व्यवस्थाका लागि आफ्नै खर्चमा विद्यालयलाई प्राथमिक उपचार बक्स प्रदान गर्न लागेको बञ्जराले बताए । बञ्जराले सिटामोल, बेटाडिन, ग्लोभ्स, कटन, एमजिट, व्यान्डेज, ह्याण्डीप्लाष्ट, जीवनजल लगायतका स्वास्थ्य सामग्री सहितको प्राथमिक उपचार बक्स प्रदान गर्ने तयारी गरेका हुन् ।

    प्राथमिक उपचार बक्स वितरणसँगै विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम गर्ने पनि बञ्जराले जानकारी दिए । उनी हाल नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) केन्द्रिय सदस्य छन् । पेन्सन अवधि पुगे लगत्तै जागीरबाट निस्किएपछि गाउँ फर्किएका बञ्जराले असहाय, अनाथ र विपन्न परिवारका बिरामीलाई सहयोग गर्दै आएका छन् ।

    प्रकाशित मिति :बैशाख २, २०८१ आइतवार - ०८:००:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको