साकेला । साकेला गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि कक्षा १-३ मा अंग्रेजी माध्यमुद्धारा पठन(पाठन सुरु गर्ने भएको छ । यस वर्ष पाँच वटा माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमद्धारा पठनपाठन सुरु गर्नेगरी तयारी गाउँपालिकाले थालेको हो ।
सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या निरन्तर घट्दो क्रममा रहेको अवस्थामा हालै बसेको गाउँ शिक्षा समितिको वैठकले पठनपाठनमा गुणस्तर बढाई सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउने उदेश्यले अनिवार्य अंग्रेजी मिडियमुमा पठन पाठन गराउने निर्णय गरेको हो ।
साकेला गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक रवि प्रकाश राईको अध्यक्षतामा बसेको गाउँ शिक्षा समिति वैठकले शिक्षक, व्यवस्थापन समिति, अभिभावक मार्फत आएका सुझावलाई ध्यानमा राखेर आगामी दिनमा कार्यान्वय गर्दैनिरन्तर प्रकृयामा लैजाने समेत निर्णय गरेको छ ।
शिक्षा समृद्धिको मुहान भएको र गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रमुख दाता शिक्षक भएकाले शिशु तहबाटनै नैतिक र व्यवहारिक शिक्षाको थालनी गर्नुपर्ने अध्यक्ष राईको भनाई छ । अहिले गाउँका विद्यालयहरुमा विद्यार्थीको सङ्ख्या घट्दो क्रममा छ ।
अभिभावकहरुले आफ्ना बच्चाहरुलाई बोर्डिङ पढाउने बाहनामा सहर र सदरमुकाम केन्द्रित गरिरहेको अवस्थामा यसै शैक्षिक सत्रदेखि माध्यमिक तहमा अनिवार्य अंग्रेजी मिडियम लागू गरेपछि बसाई सराईको क्रमलाई समेत न्यूनिकरण गर्न टेवा पुग्ने अध्यक्ष राईको भनाई छ ।
२८ वटा सामुदायिक विद्यालय रहेको यस गाउँपालिकामा यस शैक्षिक सत्रमा पाँच वटा माध्यमिक विद्यालयमा अंग्रेजी मिडियमको कक्षा लागू गरिने र आगामी वर्षहरुमा अन्य विद्यालयमा समेत अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने अध्यक्ष राईले बताए ।
कक्षा १-३ मा अंग्रेजी माध्यमद्धारा पठन पाठन गराउनका लागि शिक्षकको दरबन्दी मिलान र विद्यालय मर्जको कार्य प्रारम्भ गरिएको गाउँपालिकास्थित शिक्षा शाखा संयोजक कविराज राईले जानकारी दिए । सामुदायिक विद्यालयमा पनि निशुल्क रुपमा अंग्रेजी माध्यममा पढाई हुनेभएपछि विगतमा देखिदै आएको विद्यार्थीको सङ्ख्या बढ्ने अनुमान गरिएको छ।