शुक्रवार, भाद्र २६ गते २०८३

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

रोदिक खबर

१०, बैशाख २०८१
  • 6.9K
    SHARES
  • भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौँ । सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

    प्रकाशित मिति :बैशाख १०, २०८१ सोमवार - १३:४६:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको