१८ औं लोकतन्त्र दिवशका अवशरमा दिप प्रज्वलन

१८ औं लोकतन्त्र दिवशका अवशरमा दिप प्रज्वलन

रोदिक खबर

११, बैशाख २०८१
  • 2.6K
    SHARES
  • १८ औं लोकतन्त्र दिवशका अवशरमा दिप प्रज्वलन

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङले १८ औं लोकतन्त्र दिवशका अवशरमा दिप प्रज्वलन गरेको छ । नगरले लोकतन्त्र ल्याउन आफ्नो ज्यानको आहूती दिने ज्ञात अज्ञात सहिदहरुको सम्झना गर्दै मंगलवार साँझ नगरपालिकाको प्राङ्गणमा दिप प्रज्वलन गरेको हो । नगरप्रमुख तीर्थराज भट्टराई, प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का लगायतको उपस्थितिमा दिप प्रज्वलन गरिएको हो । 

    तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । जनताको विजय भएको खुशीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

    सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागीतामा २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलको चाहना अनुसार अगाडि बढ्ने घोषणा गरेका थिए ।

    पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । २०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको शक्ति र दबाबमा २०६३ साल वैशाख ११ गते पुर्नस्थापित भएको थियो ।

    जनताको सर्वोच्च संस्था संसद पुर्नस्थापित भएको सम्मानमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । लोकतन्त्रसँगै मुलुकमा संघीयता र गणतन्त्र समेत स्थापित भइसकेको छ । यद्यपि जनताका अपेक्षा पूरा नहुँदा आम नागरिकमा भने निराशा कायमै छ ।

    प्रकाशित मिति :बैशाख ११, २०८१ मंगलवार - १९:४७:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको