शुक्रवार, भाद्र २६ गते २०८३

वरिष्ठ कवि जसराज किराँती सम्मानित

वरिष्ठ कवि जसराज किराँती सम्मानित

रोदिक खबर

३, जेठ २०८१
  • 4.5K
    SHARES
  • वरिष्ठ कवि जसराज किराँती सम्मानित

    खोटाङ । ‘नेपाल खेलकुद प्रतिष्ठान खोटाङले वरिष्ठ कवि जसराज किराँतीलाई सम्मान गरेको छ । जाम्बाला रिसोर्ट हलेसीमा बिहीवार भएको खुल्ला राष्ट्रिय कविता प्रतियोगितामा किराँती नगद ११ हजार १११ रुपैयाँसहित सम्मान–पत्रले सम्मानित भएका हुन् ।

    खोटाङ जिल्लामा रहेर साहित्य साधना गरेका कवि जसराज किराँतीलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका थिए ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा निवासी कवि किरातीलाई जीवनका उर्वर समय गाउँमै बसेर नेपाली साहित्यका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए ।

    साहित्य सिर्जनादेखि गाउँको शिक्षा, विकास तथा सामाजिक क्षेत्रमा निर्वाह गरेको भूमिकाको कदर गर्दै किरातीलाई सम्मान गर्ने निर्णय गरिएको थियो । किरातीको कविता संग्रह ‘उज्यालो खोज्ने आँखाहरु (२०३७), जसराज किरातीका कविता (२०५७) र जसराज किरातीका प्रतिनिधि कविताहरु (२०६५) प्रकाशित छन् ।

    कवि किरातीले खोटाङमै उकाली ओराली गर्दै र दुःखसुख साट्दै कविता लेखे । गाउँमै बसेर साहित्य सिर्जना फुलाउन सकिन्छ भनेर देखाए । बुबा धनहर्क राई र आमा धर्मलक्ष्मी राईको एक्लो छोराको रुपमा किरातीको २००१ साल साउन १७ गते जन्म भएको थियो । उनले हस्तलिखित गोरेटो द्धैमासिकदेखि आक्रोश, हलेसीकुञ्ज जस्ता साहित्यिक पत्रिका सम्पादन गरेका थिए ।

    दिक्तेलमा बैशाख ३१ गतेदेखि जेठ १० गतेसम्म हुने महोत्सव अन्तरगत टेम्के तुवाचुङ प्रतिष्ठान र रावासावा प्राज्ञिक समाजको सह–आयोजनामा बिहीवार राष्ट्रिय कविता प्रतियोगीता गरिएको टेम्के तुवाचुङ प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले बताए ।

    प्रकाशित मिति :जेठ ३, २०८१ बिहिवार - २१:०५:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको