खोटाङ । मदन–आश्रित स्मृति दिवसको अवसरमा खोटाङको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क परिषर सरसफाई गरिएको छ । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा ज्यान गुमाएका एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा विहिबार एमाले गाउँपालिका कमिटि, ऐसेलुखर्कको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र परिषर सरसफाई गरिएको हो ।
स्मृति दिवस एमालेका प्रदेश कमिटि सदस्य प्रभातबिक्रम कट्वालको प्रमुख आतिथ्यता एबं एमाले जिल्ला कमिटि खोटाङका उपाध्यक्ष कुमार आचार्यको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि कट्वालले मदन भण्डारी र जीवराज आश्रितको योगदानलाई पार्टीले सदैव सम्झिरहेको बताएका छन् । उनले जवजको व्याख्यता भण्डारी र कुशल संगठन आश्रितको बाटोमा मुलुक हिँडेको चर्चा गरेका छन् ।