स्थानीय पाठ्यक्रम तयार गर्न ६ वटा क्लष्टरमा कार्यशाला गरिने

स्थानीय पाठ्यक्रम तयार गर्न ६ वटा क्लष्टरमा कार्यशाला गरिने

रोदिक खबर

४, जेठ २०८१
  • 2.5K
    SHARES
  • स्थानीय पाठ्यक्रम तयार गर्न ६ वटा क्लष्टरमा कार्यशाला गरिने

     खोटाङ, ४ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम तयार पार्नका लागि ६ वटा क्लष्टरमा कार्यशाला गर्ने तयारी गरेको छ । २०७८ सालमा प्रकाशनमा ल्याइएको स्थानीय पाठ्यक्रम परिमार्जन गर्दै वडास्तरमा छुट्टाछुट्टै विषयवस्तु समेटिएको स्थानीय पाठ्यक्रम तयार पार्नका लागि बैशाखमा सहजकर्ता उत्पादन कार्यशाला गरेको नगरपालिकाले पुःन विभिन्न क्लष्टरमा कार्यशाला गर्ने तयारी गरेको हो ।

    स्थानीय पाठ्यक्रम परिमार्जन एवं निर्माणका लागि जेठ ७ र ८ गते नगरका विभिन्न स्थानमा कार्याशाला गर्ने निर्णय गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १, २ र ६ का लागि शुभम फाउण्डेसनमा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ र ५ का लागि श्रीमाबि बाँसबोटेमा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ र १३ का लागि नुनथलामा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७, ८ र ९ का लागि अन्नपूर्ण मावि बुवालुङमा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १०, ११ र १२ का लागि कालिका माबि खार्मी तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ र १५ का लागि बुईपामा कार्यक्रम गर्ने तय भएको छ ।

    शुभम फाउण्डेसनमा हुने कार्यक्रममा शिवहरी ढकाल, श्रीमाबि बाँसबोटेमा हुने कार्यक्रम लक्ष्मीप्रसाद खनाल, नुनथलामा हुने कार्यक्रम बमबहादुर राई, अन्नपूर्ण माबिमा हुने कार्यक्रम भवकृष्ण ढकाल, कालिका माबिमा हुने कार्यक्रममा प्रतिमान राई र बुईपामा हुने कार्यक्रममा ललितकुमार राईले सहजीकरण गर्ने नगरपालिकाले जनाएको छ । कार्यशालामा हरेक विद्यालयका प्रअ, विव्यास अध्यक्ष, स्थानीय विषय पढाउने शिक्षक, जनप्रतिनिधिलाई सहभागी गराइने छ ।

    सहजकर्तालाई जेठ १५ गतेसम्ममा स्थानीय पाठ्यक्रमको खाका तयार पार्ने जिम्मेवारी दिइएको छ । यसअघि तयार पारिएको स्थानीय पाठ्यक्रम अन्तरगत कक्षा १ देखि कक्षा ५ सम्मको दिरुम ज्ञानमालाको सट्टामा अव हरेक वडाको आआफ्नै विशिष्टतामा स्थानीय विषयको पाठ्यक्रम र पाठ्यपुस्तक तयार पार्ने र प्रयोगमा ल्याउनेगरी पाठ्यक्रम परिमार्जनको कार्य अघि बढाइएको हो ।

    शैक्षिक अभियान्ता सुर्य राईको संयोजकत्वमा गठन गरिएको शिक्षा सुधार कार्यदलको सहयोगमा बैशाख १४ र १५ गते आयोजना गरिएको कार्यशालामार्फत नगरका १५ वटै वडामा तीनरतीन जना पाठ्यक्रम निर्माण सहजकर्ता तयार गरिएको थियो ।

    प्रकाशित मिति :जेठ ४, २०८१ शुक्रवार - २०:२२:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको