शुक्रवार, भाद्र २६ गते २०८३

ट्राफिक प्रहरीको हत्यामा संलग्न ७ जना आरोपी सार्वजनिक

ट्राफिक प्रहरीको हत्यामा संलग्न ७ जना आरोपी सार्वजनिक

रोदिक खबर

६, जेठ २०८१
  • 4.5K
    SHARES
  • ट्राफिक प्रहरीको हत्यामा संलग्न ७ जना आरोपी सार्वजनिक

    काठमाडौँ । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई समात्न प्रहरीले हवाई फायर गरेको छ ।

    काठमाडौँ प्रहरीका अनुसार घिमिरेको हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरिएको हो ।

    जिल्ला प्रहरी परिसर, टेकुमा आइतबार पत्रकार सम्मेलन गरेर विभिन्न भौतिक तथा प्राविधिक पक्षको विश्लेषणपछि घिमिरेको हत्यामा संलग्न नाबालकसहित ७ जनालाई पक्राउ गरेको जनाएको छ ।

    पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ बर्सिया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ बर्सिया बिपना भनिने वसुन्धारा कार्की, ५६ बर्सिया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् ।

    प्रकाशित मिति :जेठ ६, २०८१ आइतवार - १५:५७:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको