खोटाङमा राष्ट्रिय कराते प्रतियोगीता सुरु, आठ टिम प्रतिस्पर्धामा

खोटाङमा राष्ट्रिय कराते प्रतियोगीता सुरु, आठ टिम प्रतिस्पर्धामा

रोदिक खबर

९, जेठ २०८१
  • 2.7K
    SHARES
  • खोटाङमा राष्ट्रिय कराते प्रतियोगीता सुरु, आठ टिम प्रतिस्पर्धामा

    खोटाङ । खोटाङमा राष्ट्रिय कराते प्रतियोगीता सुरु भएको छ । ‘वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सव’ अन्तरगत दिक्तेलमा मंगलबारदेखि कराते प्रतियोगीता सुरु गरिएको हो । दिक्तेलको माटिकोरेस्थित कबर्डहलमा आयोजना गरिएको प्रतियोगीता संविधानसभा सदस्य दुर्गाजयन्ती राईले उद्घाटन गरेकी छन् ।

    नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा गत बैशाख ३१ गतेदेखि जेठ १० गतेसम्म हुने महोत्सवकै अन्तिम श्रृंखलाको रुपमा कराते प्रतियोगीता गरिएको हो । प्रतियोगीता महोत्सव मुल आयोजक समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको सभापतित्वमा आयोजना गरिएको हो ।

    कराते प्रतियोगीतामा सात प्रदेश र आयोजक सहित आठ टिमको सहभागीता रहेको छ । पहिलो दिन सम्पन्न महिला टिम काँतामा आयोजक प्रथम र कोसी प्रदेश दोश्रो भएका छन् । पुरुष समुह काँतामा आयोजक प्रथम, कोसी प्रदेश दोश्रो र बागमती प्रदेश तेश्रो भएका छन् । एकल पुरुष काँतामा बागमती प्रदेशका अन्जन यस्माली मगर प्रथम, आयोजकका सुर्यचन्द्र राई दोश्रो तथा कोसी प्रदेशका अमिर राई र मधेश प्रदेशका सक्षम पटेल तेश्रो भएका छन् ।

    एकल महिला काँतामा आयोजकका रोश्मा राई प्रथम, गण्डकीका सोमिना तामाङ र कोसी प्रदेशका क्रिती राई तेश्रो भएका छन् । पुरुष ४५ केजी तौल कुमितेमा मधेश प्रदेशका प्रिन्स साह प्रथम, आयोजकका प्रणयबिक्रम राई दोश्रो तथा कर्णालीका भुवनसुन्दर श्रेष्ठ र बागमतीका अशोक कुमाल तेश्रो भएका छन् ।

    बाँकी खेल बुधबार बिहान १० बजेदेखि हुने आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले बताए ।महोत्सव अन्तरगत गत बैसाख २९ गते हाफ म्याराथन सहितका एथ्लेटिक्स, जेठ ३ गते राष्ट्रिय कविता प्रतियोगीता र जेठ ६ गते १८ वर्षमुनिको राष्ट्रिय गायन प्रतियोगिता गरिएको थियो ।

    प्रकाशित मिति :जेठ ९, २०८१ बुधवार - ०६:१३:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको