खोटाङ । गायक ईश्वर श्रेष्ठ र गायिका एलिना उदासको स्वरमा रहेको “छ माछी जालैमा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा बाबुकाजी थापाको लय तथा शब्द संकलन रहेको छ ।
पूर्वेली लयमा रहेको पूर्वेली लोकदोहोरी “छ माछी जालैमा” बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो “म्युजिक नेपाल अफिसियल” युट्युब च्यानल बाट मंगलवार सार्वजनिक गरिएको हो ।
काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न ठाउँहरूमा छाँयाङ्कन गरिएको ७ मिनेट ३६ सेकेन्डको भिडियोमा ईश्वर श्रेष्ठ र सृष्टि सुब्बाको अभिनय रहेको छ । बिष्णु अधिकारीले संगीत भरेका छन् भने धन खालिङ र कमल श्रेष्ठको निर्देशन रहेको छ । टेकबहादुर श्रेष्ठ, मुना थापामगर र कमल श्रेष्ठ निर्माता रहेको म्युजिक भिडियोको सम्पादन धन खालिङले गरेका छन् ।
प्रेमिल शैलीको यस गीतमा लाहुरे हुँदाको जनजीवनलाई मौलिक र हृदयस्पर्शी रूपमा प्रस्तुत गरिएको देखिन्छ । जिन्दगी दुई दिनको हो र आफ्नै गाउँघरमा रहेर जिन्दगी विताउनुपर्ने आशय रहेको भिडियोलाई दर्शक स्रोताहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको पाइन्छ । गायिका उदासका यसअघि “भएको माया लाउदिन” र “तिम्रो नाममा यो फूल टिपे” लगायतका गीतहरू बजारमा आइसकेका छन् ।
https://www.youtube.com/watch?v=lORlJdGEiRs