शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

अल्छेढुंगा–जिल्ला अस्पताल जाने सडक सरसफाई तथा मर्मत

अल्छेढुंगा–जिल्ला अस्पताल जाने सडक सरसफाई तथा मर्मत

रोदिक खबर

१७, जेठ २०८१
  • 2.5K
    SHARES
  • अल्छेढुंगा–जिल्ला अस्पताल जाने सडक सरसफाई तथा मर्मत

    खोटाङ । खोटाङको दिक्तेलबजारस्थित अल्छेढुंगाबाट जिल्ला अस्पतालसम्म जाने सडक श्रमदानमार्फत सरसफाई तथा मर्मत गरिएको छ। दिक्तेलबजारको त्रिवेणीचोकमा सडक ढलानको कामले बजारभित्र खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरु अल्छेढुंगा–निर्वाचन कार्यालय सडक हुँदै सप्लाई गर्नुपर्ने तथा जिल्ला अस्पताल जान आउन यही सडक बढी प्रयोग हुने भएकाले सडकको मर्मत तथा सरसफाई गरिएको हो ।

    सडक पेटीमा घर भएका घरधनीहरुले पनि आफ्नो सडक आफै सफा गर्नुपर्छ र फोहोर तथा अवरोध हुने काम सडकमा गर्नुहुन्न भन्ने सन्देश दिन सडकको मर्मत तथा सरसफाई गरिएको जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राईले बताए।

    जिल्ला अस्पताल जानेआउने तथा दिक्तेलबजार छिर्ने मुख्य सडकमा ढलहरु बिग्रिएको र सडक सरसफाई तथा मर्मत गर्नैपर्ने भएकाले सबै मिलेर सडक मर्मत गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए। यो सडक बिरामीहरुलाई जिल्ला अस्पताल लान, ल्याउन तथा दिक्तेलबजार छिर्नमा धेरै प्रयोग हुन्छ ।

    सरसफाई कार्यक्रम नियमित भएमा यसले सकारात्मक सन्देश दिंदै जाने सरसफाई कार्यक्रममा सहभागी नेकपा एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्यले बताए ।

    सडक मर्मतमा सदरमुकाम दिक्तेलमा रहेका जनप्रतिनिधि, कर्मचारी, तीनैवटा सुरक्षा दल लगायतको सहभागिता थियो ।

    प्रकाशित मिति :जेठ १७, २०८१ बिहिवार - २१:३९:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको