किरात राई चाम्लिङ चन्दाहँछाको वंशावली लोकार्पण

किरात राई चाम्लिङ चन्दाहँछाको वंशावली लोकार्पण

रोदिक खबर

२०, जेठ २०८१
  • 3.7K
    SHARES
  • किरात राई चाम्लिङ चन्दाहँछाको वंशावली लोकार्पण

    खोटाङ । देशविदेशमा छरिएर रहेका किरात राई चाम्लिङ चन्दाहँछाले तयार गरेको आफ्नो वंशावली लोकार्पण गरेको छ । लामो समयदेखि वंशावली खोज तथा निर्माण कार्यमा जुटेको किरात राई चाम्लिङ चन्दाहँछा वंशावली प्रकाशन समितिले प्रकाशन गरेको वंशावली शनिवार कोशी प्रदेश प्रमुख परशुराम खापुङ, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायतले लोकार्पण गरेका हुन ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तलको वास्रापाखामा रहेकोओडारलाई ऐतिहासिक तथा उद्गमथलो मान्ने चन्दाहँछा पाछाका चाम्लिङ राईले लामो समयको मेहनेतपछि निर्माण तथा प्रकाशन गरेको वंशावली लोकार्पण गरेपछि किरात राई चाम्लिङ चन्दाहँछा परिवारले खुशियाली मनाएका छन् ।

    कार्यक्रममा खोटाङ, उदयपुर, मोरङ, सुनसरी देशका विभिन्न जिल्लामा रहेका चन्दाहँछा पाछाका सहभागी भएको किरात राई चाम्लिङ चन्दाहँछा नेपाल केन्द्रीय समिति खोटाङका अध्यक्ष ववि चाम्लिङले जानकारी दिए । करीब सयौ वर्षअघि नै आफ्ना पुर्खाले छाडेको भूमिमा रहेको वंशलाई भेट्न पाउँदा खुशी लागेको जिल्ला बाहिरका सहभागीले प्रतिक्रिया दिएका छन् ।

    मिक्लाजुङ गाउँपालिका–४ मोरङका कृष्णबहादुर चेन्डाबुङले शुरु गरेकोे वंशावली संकलन कार्यलाई २०४७ सालबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लाफ्याङ खोटाङका ववी चाम्लिङ राईको नेतृत्वमा अगाडि बढाइएको थियो । प्रकाशित चन्दाहँछा पाछाको वंशावलीमा करीब सात/आठ सय वर्षको इतिहास भेटिएको छ ।

    वाछपा नामको पुर्खा नै आफ्नो वंशको पहिलो सन्तान मान्ने उक्त पाछाको वंशावलीमा करीब पाँच हजार सन्तानको नाम उल्लेख छ । वंशावली निर्माण समितिले लोकार्पणकै वंशावली संकलनका लागि आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने १७८ जना व्यक्तिलाई किरात राई चाम्लिङ चन्दाहँछा नेपाल केन्द्रीय समिति खोटाङले सम्मान गरेको छ ।

    प्रकाशित मिति :जेठ २०, २०८१ आइतवार - १७:५९:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको