खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गालाई

खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गालाई

रोदिक खबर

२१, जेठ २०८१
  • 3.1K
    SHARES
  • खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गालाई

    खोटाङ । दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१२ जालपामा आयोजित खुला वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१ कुईभिरले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र वडा कार्यालयय जालपाको संयुक्त आयोजनामा आइतबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा रावाबेँसी गाउँपालिका–१ कुभिण्डेलाई हराउँदै कुईभिरले उपाधि जितेको हो ।

    फाइनल खेलमा कुईभिरले १९–२५,२४–२६ र १७–२५ मा कुभिण्डेलाई हराएको आयोजकले जनाएको छ । उपाधि विजेता कुईभिरले नगद ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको वडाअध्यक्ष दानबहादुर राईले जानकारी दिए ।

    प्रतियोगिताको दोस्रो स्थानमा चित्त बुझाएको रावाबेँसी गाउँपालिका–१ कुमिण्डेले नगद ३० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ् । विभिन्न जिल्लाका १९ वडाले सहभागिता जनाएको प्रतियोगितामा ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी तेस्रो भएसँगै नगद २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    भलिबल खेलको विकास गर्दै स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले खुला वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

    विजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टंक राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका निवर्तमान अध्यक्ष रामप्रसाद दंगाल, समाजसेवी जयश्वर राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

    ब्याडमिन्टन प्रतियोगिता सम्पन्न जालपामा सम्पन्न पुरुषतर्फको खुला डबल ब्याडमिन्टन प्रतियोगितामा दिक्तेलका पुजन आचार्य र सञ्जय कार्की पहिलो भएका छन् । प्रतियोगितामा दिक्तेलका समिर बजिमय र विकास खत्री दोस्रो तथा जालपाका युनिशन राई र रमेश श्रेष्ठ तेस्रो भएका छन् ।

    त्यस्तै, महिलातर्फको डबल ब्याडमिन्टन प्रतियोगितामा दिक्तेलका रेणुका राई र ममता राई पहिलो, जालपाका अनिता श्रेष्ठ र वर्षा गुरुङ दोस्रो तथा दित्तेलका कल्पना जोशी (राई) र स्मिता राई तेस्रो भएका छन् । पुरुषतर्फको डबल भेट्रानमा दिक्तेलका राजु श्रेष्ठ र समिर बजिमय पहिलो, जालपाका गोपाल गुरुङ र ज्ञानबहादुर श्रेष्ठ दोस्रो र दिक्तेलका मनबिक्रम राई र हरि खत्री तेस्रो भएका छन् ।

    6.jpg

    १५ वर्षमुनिका पुरुषतर्फको ब्याडमिन्टन प्रतियोगितामा केपिलासगढी गाउँपालिका–४ का ग्याल्जेन तामाङ र आशिष राई पहिलो, दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१ दिक्तेलका संयोग धमला र विवेक आचार्य दोस्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका योजन दाहाल र अभिशान्त दंगाल तेस्रो भएका छन् । खुला महिला/पुरुष दुवैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद २० हजार, १५, दश हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गरेका छन् ।

    y.jpegभेट्रानतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद १२ हजार, दश हजार, आठ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गरेका छन् । त्यस्तै, १५ वर्षमुनिका पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद आठ हजार, पाँच हजार, तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गरेका छन् । विजयी खेलाडीलाई प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टंक राईले पुरस्कार वितरण गरेका थिए ।

    ७० लाख लगानीमा ‘जालपा कभर्डहल’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा निर्माण गरिएको ‘जालपा कभर्डहल’ उद्घाटन गरिएको छ । वि.सं. २०७६ सालमा निर्माण शुरु गरिएको कभर्डहलको आइतरबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले उद्घाटन हुन् । नगरपालिकाको ७० लाख लगानी तथा स्थानीय उपभोक्ताको श्रमदानबाट निर्माण गरिएको कभर्डहलमा करिब ३०० जना दर्शक अट्ने स्टुडियसहित सुविधा सम्पन्न सौचालय निमार्ण गरिएको वडाअध्यक्ष दानबहादुर राईले बताए।

    कभर्डहल उद्घाटन कार्यक्रममा पूर्व सांसद टंक राई, नगर प्रमुख तीर्थराज भट्टराई, एमालेका नेता रामप्रसाद दंगाल लगायतको उपस्थिति थियो । जालपाका एघारजना पूर्व खेलाडीलाई सम्मान जालपाका भलिबलका पाँचजना तथा तेक्वान्दो र सितोरियो कराँतेका दुई/दुईजना पूर्व खेलाडीलाई सम्मान गरिएको छ ।

    भलिबलका पूर्व क्षेत्रीय खेलाडीहरु बलराम राई, सम्बरबहादुर राई, वीरबहादुर तामाङ, ताराकला राई र जसुदा राई, तेक्वान्दोका पूर्व खेलाडी विकास र सङ्गम गुरुङ तथा सितोरियो कराँतेका चन्द्रबहादुर राई ‘मदन’, गौतम राई र कैलाश राईलाई सम्मान गरिएको हो ।

    प्रकाशित मिति :जेठ २१, २०८१ सोमवार - १९:३६:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको