खोटाङ । खोटाङ यातायात प्रालिले दिक्तेलमा सरसफाइ गरिएको छ । खोटाङ यातायात प्रालिले शनिवार दिक्तेलको अल्छेढुङ्गादेखि जिल्ला ट्राफिक कार्यालय खोटाङ बाम्राङसम्म सडकको दायाँबायाँ फालिएका प्लाष्टिक, बोतल तथा विभिन्न फोहोर टिपेर सरसफाइ गरेको हो ।

सरसफाइ कार्यक्रममा सबै यातायातसंग सम्बद्धहरू, याताायत मजदुर संगठनमा आबद्धहरू, ट्राफिक प्रहरी, सामुदायिक सेवा केन्द्र, स्थानीयवासी, व्यापारी लगायतको सहभागिता खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।
खोटाङ यातायात प्रालिका सल्लाहकार बुद्धिविनोद लुइटेल समाजलाई स्वच्छ, सफा र हराभरा बनाउने दायित्व सबैमा हुनुपर्ने भन्दै व्यक्ति सचेत भएमा वातावरण स्वतः सफा हुनसक्ने बताउदै सरसफाई कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।
नेपाल स्वतन्त्र यातायात मजदुर संगठन खोटाङका अध्यक्ष गुरुप्रसाद ढकाल लगायतले सरसफाइप्रति ऐक्यबद्धता जनाएका छन् ।


