तुवाचुङ–जायजुममा साकेला नाच सहित सामुहिक चुला पुजा (फोटो फिचर)

तुवाचुङ–जायजुममा साकेला नाच सहित सामुहिक चुला पुजा (फोटो फिचर)

रोदिक खबर

२९, जेठ २०८१
  • 3.6K
    SHARES
  • तुवाचुङ–जायजुममा साकेला नाच सहित सामुहिक चुला पुजा (फोटो फिचर)

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ–जायजुममा साकेला नाच सहित सामुहिक चुला पुजा गरिएको छ । किरात राई समुदायको उद्गम थलो मानिने तुवाचुङ–जायजुममा सोमवार सामुहिक चुला पुजा गर्दै साकेला नाच प्रदर्शन गरिएको हो ।

    1a.jpeg

    उभौली पर्वको अवसरमा धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलमा पितृको सम्झना एबं संस्कार–संस्कृति संरक्षणको सन्देश दिनका लागि तुवाचुङ जायजुम संरक्षण समितिले हरेक वर्ष चुला पुजा तथा साकेला सिली प्रदर्शन गर्दै आएको तुवाचुङ जायजुम संरक्षण समितिका महासचिव दिनेश राईले बताए ।

    12.jpeg

    २०६५ सालदेखि तुवाचुङ जायजुममा सामुहिक पितृ पुजा गर्दै साकेला नाच प्रदर्शन गर्ने प्रचलन बसाइएको तुवाचुङ जायजुम संरक्षण समितिले जनाएको छ । किरात राईको पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषि युग र मानव सभ्यताको सुरुवात गरेको किंवदन्ती बोकेको स्थलमा हरेक बैशाख पूर्णिमा र मंसिर पूर्णिमा अर्थात उधौली–उभौलीको अवशरमा नछुङ लगी पूजा गर्ने गरिएको संरक्षण समितिका महासचिव राईले बताए ।

    10.jpeg

    साकेला उभौलीको अवसरमा संरक्षण समितिको कार्यालयमा चुला पुजा गरेपछि रैछाकुले, तायामा र खियामा तथा भूमे पुजा समेत गरिएको छ । त्रिधार्मिकस्थल हलेसीभन्दा केही माथि रहेको तुवाचुङ जायजुममा नेपाल सहित भारतको दार्जिलीङ र सिक्किमका राई समुदाय पुजाआजाका लागि आउने गरेको संरक्षण समितिका अध्यक्ष राकेश राईले बताए ।

    6.jpg

    साकेला सिली प्रदर्शनीमा विभिन्न स्थानका ११ समुहले ढोल, झ्याम्टाको तालमा साकेला गीत गाउँदै सिली नाचेका थिए । नछुङले तिनचुलाको पुजा गरेपछि हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राईले प्रमुख अतिथिका रुपमा रिबन काटेर साकेला सिली उद्घाटन गरेकी थिइन् । 

    u.jpg

    माझकिरात भनेर चिनिने खोटाङमा उधौली तथा उभौलीको अवसरमा महिना दिनसम्म साकेला नाच्ने चलन छ । उभौलीको अवसरमा यो जेठ महिनाभर किरात राई बस्ती रहेको जिल्लाका बिभिन्न स्थानमा साकेला सिली नाचिने जनाईएको छ ।

    यसै कार्यक्रमको अवसरमा तुवाचुङ जायजुम  संरक्षण समितिले पाँचजना पहिचानवादी नेतालाई सम्मान गरेको छ। उनीहरुलाई सम्मान पत्र प्रदान गरेर खादा ओढाई सम्मान गरिएको हो ।पहिचानको आन्दोलनमा अहोरात्र खट्ने क्रममा प्रहरीले नियन्त्रण गरी हिरासतमा समेत रहि थप पहिचानको आन्दोलनलाई मजबुत बनाउन खेलेको अतुलनीय भूमिकाको उच्च कदर गर्दै पहिचानवादी नेता गन्धमान राई, विजय राई, राजेश राई, उदिम चाम्लिङ राई र पूर्वमन्त्री गोपाल किरातीलाई सम्मान गरिएको तुवाचुङ जायजुम  संरक्षण समितिका अध्यक्ष राईले बताए

    4.jpeg

    । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले गएको २०८० मंसिर २६ गतेदेखि मध्यपहाडी लोकमार्ग अन्तर्गत उदयपुरको घुर्मीबजारदेखि भोजपुरको लेगुवाघाटसम्म अनिश्चितकालिन यातायात बन्द गराएको थियो।

    सोही दिनदेखि सुरु भएको ‘झुलाघाट चिवाभन्ज्याङ संमृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत नेकपा एमाले अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ओखलढुंगाको हर्कपुर आएका थिए। ओली हर्कपुरदेखि दिक्तेल आउने क्रममा अवरोध गर्दा पहिचानवादी नेताहरु हलेसी, नुनथलाबाट पक्राउ परेका थिए। 

    8.jpg

    11.jpegb.jpg13.jpeg

    प्रकाशित मिति :जेठ २९, २०८१ मंगलवार - २३:२८:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको