शुक्रवार, भाद्र २६ गते २०८३

गायक भूपेश तिम्सिनाको ‘धेरै कोशिस’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

गायक भूपेश तिम्सिनाको ‘धेरै कोशिस’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

१, आषाढ २०८१
  • 3.5K
    SHARES
  • गायक भूपेश तिम्सिनाको  ‘धेरै कोशिस’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं । गायक भूपेश तिम्सिनाको पछिल्लो गीत ‘धेरै कोशिस’ गीतको म्युजिक भिडियाे सार्वजनिक भएको छ । भूपेशकै शब्द, संगीत, र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

    निशान घिमिरेको निर्देशन रहेको गीतको भिडियोमा स्मरिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ ।

    उत्तम हुमागाईंको छायांकन रहेको भिडियोमा सञ्जय अधिकारीको सम्पादन छ । गीतको भिडियोमा आफूले माया गर्ने मान्छेप्रतिको समर्पण भाव व्यक्त गरिएको छ ।

    गीतको अडियो र भिडियो दुवै सशक्त छ । गीतको भिडियो भूपेशको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    लामो समयदेखि अमेरिका बसोवास गर्दै आएका तिम्सिनाले धेरै नेपाली गीत गाएका छन् भने केही हिन्दी गीतमा समेत स्वर दिएका छ्न्।

    प्रकाशित मिति :आषाढ १, २०८१ शनिवार - १९:४१:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको