शुक्रवार, भाद्र २६ गते २०८३

दिक्तेलबजार अनुगमन, ‘मासुसँगै तरकारी र फलफूल जफत

दिक्तेलबजार अनुगमन, ‘मासुसँगै तरकारी र फलफूल जफत

रोदिक खबर

७, आषाढ २०८१
  • 2.8K
    SHARES
  • दिक्तेलबजार अनुगमन,  ‘मासुसँगै तरकारी र फलफूल जफत

     खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलबजार अनुगमन गरेर अस्वस्थकर मासु, तरकारी र फलफूल जफत गरिएको छ। जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख प्रशासकीय अधिकृत हिराधन राईको नेतृत्वमा शुक्रबार बिहान माछा पसलसहित मासु र फलफूल पसल अनुगमन गरेर अस्वस्थकर वस्तुहरु जफत गरिएको हो।

    अनुगमन गर्दा तीनवटा माछा पसलहरु दर्ता बिना चलिरहेको, विक्रीका लागि राखिएका माछा फोहोर स्थानमा राख्ने गरेको, माछा पसलमै कुखुरा समेत राख्ने गरेको र माछा पसल फोहोरै फोहोर भेटिएको थियो। ती पसलहरुमा राखिएका माछामा रसायनिक पदार्थ भने नभेटिएको अनुगमन टोलीमा संलग्न डाक्टर निशान दाहालले बताए।

    बिना दर्ता चलाईएको माछा पसललाई भौतिक मापदण्ड पूरा गरेर हप्ता दिनभित्र दर्ता गरेर चलाउन चेतावनी दिईएको छ। माछा पसलले हप्ता दिनमा भौतिक र कानूनी प्रक्रिया पूरा नगरेमा पसल सिल गरिने जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख प्रशासकीय अधिकृत राईले चेतावनी दिएका छन्।

    अनुगनमका क्रममा दिक्तेलस्थित बेसक्यामको सागर एण्ड खुश्बु तरकारी भण्डारबाट अस्वस्थकर टमाटर, अंगुर, खुर्सानी, मूला, आँप, सिमी, तीते करेला, प्याज १/१ क्यारेट, खर्बुजा २ क्यारेट र सामान्य मात्रामा गाँजर, बन्दाकोपी, कागती र क्याप्सीकम जफत गरिएको छ।

    यस्तै, अनुगमन टोलीले रत्नपार्कस्थित दर्ताबिना चलाईएको एक मासु पसलबाट अस्वस्थकर १८ केजी राँगाको मासु जफत गरेको छ। बिनादर्ता चलाईएको तीनवटा मासु पसललाई सबै कागजपत्रसहित प्रशासनमा हाजिर हुन निर्देशन दिईएको छ। जफत गरिएका अस्वस्थकर खानेकुरालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको डम्पिङ साइटमा नष्ट गरिएको छ। अनुगमन टोलीले माछा, मासु, फलफूल र तरकारीको १५ वटा पसल अनुगमन गरेको हो।

    प्रकाशित मिति :आषाढ ७, २०८१ शुक्रवार - १९:२१:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको