ललिता साह
भक्तपुर ।नसर्ने रोगहरूका कारण मानिसको मृत्युदर बढ्दै गएकोले यसप्रति सचेत हुन एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। नसर्ने रोग लाग्नबाट जोगिन जनस्वास्थ कार्यालय भक्तपुरले शुक्रवार पद्म उच्च माध्यमिक विद्यालय दरवार स्क्वायरमा विधार्थी तथा अभिभावकसँग गरिएको सचेतनाकार्यक्रममा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन्।
मानिसको व्यक्तिगत दिनचर्या , व्यक्तिगत व्यवहार खानपानमा नचाहिदो परिवर्तण आदिको कारणले नसर्ने रोगीहरू बढ्दै गएको भक्तपुर नगरपालिका वडा नम्बर ३ काअध्यक्ष राज कृष्ण गोराले बताए। उनले भने अहिलेका पुस्ता केक पुस्ता भएको र उनीहरू आफ्नो खेतबारीमा उब्जाने रैथाने अन्नपातखान छोडिसक्यो । अहिलेका अभिभावकहरूले पनि आफ्ना बच्चालाई महँगो पिज्जा बर्गर खुवाउनुमा गर्व ठान्छन् तर ती सबै देखावटी हो ।
यथार्थमा हाम्रा बच्चालाई महँगोमा किनेर दिएको टिफिनको चाउचाउ ,मम र केकहरू हाम्रो स्वास्थ्यको विरुद्ध हामी नै गइरहेको प्रति हामी अनभिज्ञ छौँ।यो अनभिज्ञता आजैबाट त्यागेर सबै प्रकारको अस्वस्थकर खाना र कुलत पूर्ण बानी व्यहोरा त्याग्नुपर्नेमा हामी प्रतिवद्ध हुनुपर्छ–उनले भने ।
दुई दशक अघिसम्म मधुमेह क्यान्सर ,मुटुसम्बन्धी दीर्घ रोगहरू समाजमा परिवारमा बिरलै पाइन्थ्यो। तर पछिल्लो समय सर्नेभन्दा नसर्ने यस्ता दीर्घ रोगहरुले मानिस समग्र मृत्युको ७१ प्रतिशत मृत्यु दर बढाएको जनस्वास्थ कार्यालय भक्तपुरको तथ्याङकले देखाउँछ ।
प्रभावकारी स्वास्थ्य सचेतनाको निम्ति समुदायसँगै विद्यालय तहसम्मै पुगेर प्राथमिक स्वास्थ्य उपचार तथा सर्ने नसर्ने रोगहरू बारे जानकारी गराउन जिल्ला जनस्वास्थ्य भक्तपुरले विद्यालयसँगको सहकार्यमा थालिएको अभियानलाई सराहना गर्दै विधालयका प्राचार्य राम हाडाले भने -शिक्षा पूर्व स्वास्थ्य भए पनि शिक्षाविना स्वास्थ्य तन्दुरुस्त राख्न नसक्ने यथार्थ हाम्रा बालबालिकालाई जानैपर्ने हुन्छ ।
सचेतना कार्यक्रममा सर्ने र नसर्ने रोगको कारण , जोगिने उपाय , विगत र वर्तमानको अवस्थालाई तुलनात्मक उदाहरण सहित विद्यालय नर्स सुलोचना सुवालले प्रस्तुति गरेका थिए।