मदन भण्डारीको ७३ औँ जन्मजयन्ती

अस्पतालका १३ जना बिरामीलाई फलफूल वितरण

अस्पतालका १३ जना बिरामीलाई फलफूल वितरण

रोदिक खबर

१४, आषाढ २०८१
  • 2.6K
    SHARES
  • अस्पतालका १३ जना बिरामीलाई फलफूल वितरण

    खोटाङ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव मदनकुमार भण्डारीको ७३ औँ जन्मजयन्ती देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । जन्मजयन्तीको अवसरमा नेकपा एमाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कमिटिले खोटाङले जिल्ला अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ ।

    अस्पतालमा उपचाररत १३ जना विभिन्न प्रकारका बिरामीको स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण गरिएको नेकपा एमाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कमिटि अध्यक्ष गोपालचन्द्र आचार्यले जानकारी दिए ।

    20240628_081439.jpgफलफुल वितरण कार्यक्रममा नेकपा एमाले खोटाङका अध्यक्ष देवविक्रम राई, निवर्तमान अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष कुमार आचार्य लगायतको उपस्थिति रहेको थियो।

    वि. सं. २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।

    वि. सं. २००९ असार–१४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका भण्डारीको वि.सं. २०५० जेठ–३ गते चितवनको दासढुङ्गामा रहस्यमय दुर्घटनामा परी निधन भएको थियो ।

    जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता तथा विचारक रहेका थिए ।

    प्रकाशित मिति :आषाढ १४, २०८१ शुक्रवार - १३:०५:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको