शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

६ महिना बन्द रहेका लामो दूरीका सवारीसाधन आजदेखि  सञ्चालन

६ महिना बन्द रहेका लामो दूरीका सवारीसाधन आजदेखि  सञ्चालन

रोदिक खबर

१, आश्विन २०७७
  • 3.4K
    SHARES
  • ६ महिना बन्द रहेका लामो दूरीका सवारीसाधन आजदेखि  सञ्चालन

    आजदेखि अन्तरजिल्ला अर्थात् लामो दुरीका सवारीसाधन सञ्चालन हुँदैछन्। कोरोना भाइरसको महामारीका कारण झण्डै ६ महिना ठप्प रहेका लामो दूरीका सवारी साधनहरु आजदेखि चल्न लागेका हुन्।  

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आजदेखि सबै रुटमा आधा यात्रु राखेर साबिकको भाडा दरमा थप ५० प्रतिशत भाडा लिएर बस सञ्चालन गर्न पाउने निर्णय गरेको थियो। सरकारको निर्णयँगै व्यवसायीहरुले ६ महिनादेखि थन्किएका सवारी साधन निकालेका छन्।

    यातायात व्यवसायी र चालक महासंघ सम्मिलित संयुक्त कार्यदलले आजदेखि बस सञ्चालनका लागि सबैलाई अनुरोध समेत गरेको छ।  कार्यदलले हिजो एक विज्ञप्ति जारी गर्दै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ।

    चालक, सहचालकले मास्क, पञ्जा, स्यानिटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ। यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ।

    यातायात व्यवसायी र चालक महासंघ सम्मिलित कार्यदलका सदस्यहरुले हिजो भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर असोज १ गतेदेखि बस चलाउन आफूहरु तयार रहेको बताएका थिए। भेटमा मन्त्री नेम्वाङले सरकारले तोकेको मापदण्ड पूरा गरेर सेवामा जान आग्रह गरेका थियो।

    प्रकाशित मिति :आश्विन १, २०७७ बिहिवार - ०८:३३:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको