कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, सुरुमा ओली प्रधानमन्त्री बन्ने

कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, सुरुमा ओली प्रधानमन्त्री बन्ने

रोदिक खबर

१८, आषाढ २०८१
  • 2.4K
    SHARES
  • कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, सुरुमा ओली प्रधानमन्त्री बन्ने

    काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको दुबै दलनिकट स्रोतले पुष्टि गरेका छन् ।

    ललितपुरको एक होटलमा दुई दलका दोस्रो तहका नेताहरु लिखित सहमतिको मस्यौदा निर्माणमा जुटेका छन् । सोमबार नै सहमतिपत्रमा हस्ताक्षर गर्ने एक नेताले जानकारी दिए ।

    दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

    एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ ।दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको स्रोतले जानकारी दिएको छ ।

    प्रकाशित मिति :आषाढ १८, २०८१ मंगलवार - ०७:४६:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको