प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

रोदिक खबर

२१, आषाढ २०८१
  • 2.4K
    SHARES
  • प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।

    संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमतिअनुसार एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो । संविधानतस् सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी ३२, रास्वपा २१, एकीकृत समाजवादी १० र अशोक राई नेतृत्वको जसपा ७ को गरेर ७९ मत मात्र छ । उनको विपक्षमा नयाँ सरकार गठन गर्ने सहमति गरिसकेका कांग्रेस ८८ र एमाले ७९ गरी १६७ मत देखिन्छ ।

    prachand-bishwas-mat.jpg

    प्रकाशित मिति :आषाढ २१, २०८१ शुक्रवार - २२:१८:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको