खोटाङ । गायक भागिरथ चलाउने र गायिका कबिता खत्रीको स्वरमा रहेको तीज पर्व बिशेष गीत दिउँला बरिलै को म्युजिक भिडियो सार्वजनिक भएको छ । ११ मिनेट २८ सेकेन्ड म्युजिक भिडियो कबिता खत्री युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।
नेत्र अर्यालको शब्द तथा गायक चलाउनेकै संगीत रहेको छ भने गीतमा कोरस स्वर रुपि सिंजाली मगर र प्रतिमा विश्वकर्माको रहेको छ ।
गीतको भिडिओमा चर्चित मोडल लोमश शर्मा र बिना राउतले नृत्य गरेका छन् । अशोक बिकले निर्देशन गरेको भिडिओ नवराज उप्रेतीले खिचेका हुन् । प्रबिन भट्टले सम्पादन गरेको भिडिओमा मिलन विश्वकर्माले कलर भरेका छन् ।
नारीहरुको महान चाड तीजमा तीजको छुट्टै महत्व हुनेभएकाले पनि यसबर्षको तीजमा पनि नयाँ गीत ल्याएको गायिका कबिता खत्रीले बताइन् ।
‘तीजका गीत महिना अघिबाटै घन्किदा तीज आएको महसुस हुन्छ गायिका खत्रीले भनिन् तीजका गीतले पनि तीज पर्वलाई जोगाइराखेको छ । तीज बिशेष गीतहरुले पनि तीजको महत्व अझै बढाएको जस्तो लाग्छ ।’