आज साउनको दोस्रो सोमबार, हलेसीमा दर्शननार्थीको घुइँचो

आज साउनको दोस्रो सोमबार, हलेसीमा दर्शननार्थीको घुइँचो

रोदिक खबर

१४, श्रावण २०८१
  • 3.2K
    SHARES
  • आज साउनको दोस्रो सोमबार, हलेसीमा  दर्शननार्थीको घुइँचो

    खोटाङ । आज साउन महिनाको दोस्रो सोमबार, त्रिधार्मिक स्थल हलेसी मन्दिरमा बिहानैदेखि फुलपाती तथा जल चढाउन आउने  दर्शनार्थीको भीड लागेको छ ।

    साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ ।FB_IMG_1722219345502.jpg

    यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् ।

    हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।

    Screenshot_20240729-073222_Facebook.jpgहरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो खोटाङको हलेसी महादेव, काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट लगायतका स्थानमा देख्न सकिन्छ ।

    गेरुवस्त्रधारी बोलबम यात्रीहरुको पनि शिवालयहरुमा उल्लेख्य संख्या हुन्छ । बोलबम यात्रीहरुले विभिन्न ठउँहरूबाट पैदल हिंडेर शुद्ध जल ल्याई हलेसी महदेवलाई चढाउने गर्दछन् ।

    प्रकाशित मिति :श्रावण १४, २०८१ सोमवार - ०७:२२:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको