शुक्रवार, भाद्र २६ गते २०८३

कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

रोदिक खबर

२५, श्रावण २०८१
  • 1.9K
    SHARES
  • कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

    खोटाङ । कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन् ।

    कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा २५ साउनमा प्रदेशमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

    यसैगरी कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिइएको भन्दै सूचना जारी गरेको छ ।

    प्रकाशित मिति :श्रावण २५, २०८१ शुक्रवार - ०७:३८:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको