विश्व युवा दिवसको अवसरमा रक्तदान

विश्व युवा दिवसको अवसरमा रक्तदान

रोदिक खबर

२९, श्रावण २०८१
  • 2.2K
    SHARES
  • विश्व युवा दिवसको अवसरमा रक्तदान

    खोटाङ । विश्व युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस युवा समिति खोटाङले रक्तदान कार्यक्रम गरेको छ।

    नेपाल ट्रेड युनियन कांग्रेस युवा समिति कोशी प्रदेश अध्यक्ष, एकराज बुढाथोकीको नेतृत्वमा सोमबार दिक्तेलस्थित रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम गरिएको हो।

    कार्यक्रमका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस युवा समिति, कोशी प्रदेश अध्यक्ष, बुढाथोकीसँगै सुमन कार्की र नारायण बस्नेतले एक–एक पाउण्ड रगत दान गरेका छन्।

    उनीहरुले दान गरेको रगत रक्तसञ्चार केन्द्रमा राखेर जिल्ला अस्पतालमा रगत आवश्यक पर्ने बिरामीलाई उपलब्ध गराईनेछ।

    जिल्ला अस्पतालमा आएका बिरामीलाई रगत आवश्यक परेको खण्डमा उपस्थित भएर रगत दिने गरी १३ जनाको नाम रक्त सञ्चार केन्द्रमा दर्ता गरिएको नेपाल ट्रेड युनियन कांग्रेस खोटाङका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए।Screenshot_20240813_062513_Chrome.jpg

    प्रकाशित मिति :श्रावण २९, २०८१ मंगलवार - ०६:२८:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको