शैक्षिक गुणस्तर सुधारमा जुट्दै खोटेहाङ गाउँपालिका

शैक्षिक गुणस्तर सुधारमा जुट्दै खोटेहाङ गाउँपालिका

रोदिक खबर

३१, श्रावण २०८१
  • 7.3K
    SHARES
  • शैक्षिक गुणस्तर सुधारमा जुट्दै खोटेहाङ गाउँपालिका

    खोटाङ । सामुदायिक विद्यालयको खस्किँदो गुणस्तर सुधारका लागि खोटेहाङ गाउँपालिका शिक्षा कार्यविधि बनाएर अभियानमा जुटेको छ । माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत भएसँगै गाउँपालिकाले विद्यालय सुपरीवेक्षण तथा निरीक्षण कार्यविधि २०८१ वनाएर शिक्षा नै विकासको मेरुदण्ड हो भन्ने कुरालाई हृदयगंम गर्दै गुणस्तरीय शैक्षिक अभिवृद्धिको लागि अभियानमा जुटेको हो ।

    गाउँपालिका अध्यक्ष उदिमवहादुर राई, उपाध्यक्ष रुपेश राई, सामाजिक विकास समितिका संयोजक एवम् वडा नं. ६ का वडाध्यक्ष वसन्त राई लगायत सिंगो कार्यपालिका टिम विद्यालयको शैक्षणिक सुधारमा लागि परेको छ ।

    शैक्षिक सुधारको लागि गाउँपालिकाले दरवन्दी मिलान, अक्ति कम विद्यार्थी भएका विद्यालयहरुलाई कक्षा घटाउने कार्य, निजामति कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिहरुका छोराछोरीहरुलाई अनिवार्यसामुदायिक विद्यालयमा पढाएर सामुदायिक विद्यालयप्रतिको अनपत्वको भावनाको विकास, विद्यालयका उत्कृष्ट शिक्षक, प्रशासक, विद्यालय व्यवस्थापन समिति, कर्मचारी, विद्यालय सहयोगी छनौट गरी पुरस्कृत गर्ने परिपाटीको थालनी गरेको छ ।

    शिक्षक हाजिरी प्रमाणित, वालविकास केन्द्रका शिक्षकहरु थप, शिक्षकहरुलाई सूचना प्रविधि तालिम तथा सवै विद्यालयहरुमा आई.सि.टी.सामग्री हस्तान्तरण, हरेक विद्यालयमा प्राथमिक उपचार किटको वितरण, भूगोल, जनसंख्या तथा आवश्यकता र मापदण्ड पुगेका विद्यालयहरुलाई कक्षा थप गर्ने अनुमति तथा दुई विद्यालयहरु मा.वि.सञ्चालनको लागि स्वीकृत तथा सञ्चालनमा आइसकेका, विषयगत शिक्षक तालिमको व्यवस्था शिक्षकको आवश्यकता, विषयको प्रकृति तथा विद्यार्थी संख्याको आधारमा शिक्षक अन्तरविद्यालय सरुवा, पालिकाभित्र सञ्चालित ११ वटा माविहरुमा सि.सि.टि.भी जडान गरेको छ ।

    विद्यालयको गुणस्तर सुधारका लागि विभिन्न चरणमा व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थीसँग अन्तक्र्रिया, अनुभव, जाँगर तथा ज्ञानलाई फ्यूजन गरी शैक्षिक उपलब्धि उकास्नको लागि दशवर्षे कार्यकाल व्यतित गरेका प्रअहरुवाट नयाँ भिजन, जोस जागँर र क्षमता भएका युवा शिक्षकहरुमा नेतृत्व हस्तान्तरण कार्यक्रम, राष्ट्रपति रनिङ शिल्ड लगायत अन्य कार्यक्रमहरु हरेक विद्यालयमा गर्ने जिम्मेवारी दिएर संघीयताको मूलमर्मलाई कार्यान्वयन गरिएको छ ।

    विद्यालयको शैक्षिक क्रियाकलाप, भौतिक अवस्था, व्यवस्थापकीय पक्ष, आर्थिक पक्ष लगायत सम्पूर्ण पक्षहरुको चुस्तदुरुस्त अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण गरी शैक्षणिक सहजीकरण गर्न तथा विद्यालय र स्थानीय सरकारको पुलको काम गर्नको लागि विद्यालय सुपरीवेक्षण तथा निरीक्षण कार्यविधि २०८१ वनाएर पूर्णकालिन स्रोत निरीक्षकको विज्ञापन तथा परीक्षा सञ्चालन गरी भगवती दिनानाथ माध्यमिक विद्यालयका माध्यमिक शिक्षक मानवहादुर खत्रीलाई नियुक्ति गरी कार्य जिम्मेवार दिएको छ ।

    स्रोत निरीक्षकको जिम्मेवारी पाएका खत्रीले विभिन्न विद्यालयमा अवलोकन तथा सुपरीवेक्षण कार्यको थालनी गरी सकेको र हरेक विद्यालयमा शैक्षिक सहजीकरण गर्ने, विद्यार्थी काउन्सेलिङ लगायत विद्यालयका हरेक पक्षहरुको मिहिन अवलोकन तथा यथार्थ समस्याहरु र अभावलाई स्थानीय सरकार समक्ष ल्याउने अनि वास्तविक र समस्यामूलक क्षेत्र र विद्यालयमा मात्र शैक्षिक लगानी र प्राविधिक सहयोग गर्दै सक्षम र राम्रा विद्यालयहरुलाई पुरस्कृत तथा अन्य विद्यालयहरुलाई सहजीकरण, हातेमालो र वित्तीय लगायत अन्य सहयोग गरी शिक्षालाई अग्रदिशातिर लाने पालिकाको दृढ संकल्प रहेको वताइएको छ ।

    पालिकाले थालनी गरेको यो अनुकरण कार्यलाई शिक्षक, प्रशासक, विव्यास, अभिभावक, विद्यार्थी लगायत सवैको साथ र सहयोगले मात्र शिक्षामा सहज रुपमा फड्को मार्न सकिने र आशातित उपलव्धि हात लागि हुने स्रोत निरीक्षक खत्रीको भनाइ छ ।

    प्रकाशित मिति :श्रावण ३१, २०८१ बिहिवार - १८:१५:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको