निरोज कोइराला
भोजपुर । त्रिभुवन विश्व विद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पसमा ई–लाईब्रेरी व्यवस्थापन तथा संचालनका बिषयमा चार दिने प्रशिक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय र भोजपुर बहुमुखी क्याम्पसको सहकार्यमा प्राध्यापक, कर्मचारी र विद्यार्थीको सहभागितामा ई–लाईब्रेरी ब्यवस्थापन,संचालन, बौद्धिक चोरी नियन्त्रण लगायतका बिषयमा प्रशिक्षण थालिएको हो ।
सहभागिहरुलाई त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय प्रमुख सागरराज सुवेदी, उपप्रमुख लालबहादुर चौहान र गेवनाथ न्यौपानेले सहजीकरण गरिरहेका छन् । आगामी दिनमा क्याम्पसमा अध्यनरत विद्यार्थी, प्राध्यापक, कर्मचारी सवैलाई ई–लाईब्रेरीको प्रयोगको ज्ञान, पाठयसामाग्री खोजी, थेशिस तयारी लागयतका बिषयमा संचालन भई रहेको तालिमले मद्धत पुग्ने क्याम्पस प्रमुख भुलानाथ राईले बताए ।

त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयले आफना क्याम्पसमाहरुमा क्रमिकरुपमा ई–लाईब्रेरीलाई प्रोत्साहत गर्दे लाने अभियान अन्तर्गत भोजपुरमा पनि यो प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको प्रमुख सागरराज सुवेदीले बताए ।