जनश्रमदान जुटाएर सडक मर्मत

जनश्रमदान जुटाएर सडक मर्मत

रोदिक खबर

९, भाद्र २०८१
  • 1.8K
    SHARES
  • जनश्रमदान जुटाएर सडक मर्मत

    साकेला । लगातारको वर्षादका कारण सडक बिग्रिएर आवत-जावतमा समस्या भएपछि साकेला गाउँपालिकाले आफ्नै मेसिन र ट्याक्टरको सहायताले जनश्रमदान जुटाएर सडक मर्मत गरेको छ ।

    मानेभञ्ज्याङ(बाँझे सडक खण्ड अन्तर्गत साकेला गाउँपालिकाको वडा नम्बर-२ रतन्छा खण्डमा हिलोका कारण सवारी आवागमनमा समस्या भएपछि शुक्रबार गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्मा जनश्रमदान जुटाएर सडक मर्मत गरिएको हो ।

    जिल्ला समन्वय समिति खोटाङका संयोजक सन बहादुर राईले समेत शुक्रबार बेलुका ८ बजेसम्म उक्त सडकमा श्रमदान गरेका छन् । गाउँपालिकाले चलाएको जनश्रमदानको अभियानमा सहभागि हुन पाएकोमा खुशी व्यक्त गर्दै उनले नागरिकले भोग्दै आएको दुःख र समस्यालाई साकेला गाउँपालिका सरकारले समाधान गर्ने कार्य सह्रानीय भएको बताए।

    हिलोका कारण सवारी आवतजावतमा समस्या देखिएपछि उक्त क्षेत्रमा एक वटा ब्याकहोलोडर र तीन वटा ट्याक्टर प्रयोग गरेर हिलो फ्याल्ने र समावेश लगाउने काम सम्पन्न गरिएको हो । करीव आठ सय मिटर लम्वाईको सडक मर्मत कार्यका लागि स्थानीय नागरिकहरुले जनश्रमदान गरेका थिए । वर्षादका कारण सडक विग्रिएर आवतजावतमा समस्या भईरहेको क्षेत्रहरुमा क्रमिक रुपमा सुधार गर्दै लगिने गाउँपालिका अध्यक्ष  राईले बताए ।

    साकेला गाउँपालिकाको समृद्ध साकेला निर्माणको अभियानलाई साथ दिन स्थानीय नागरिकहरुको श्रमदान उल्लेख्य मात्रामा देखिएको थियो । उक्त क्षेत्रमा सडक खाल्डाखुल्डी हुनुका साथै पानी जमेर हिलो भएपछि आवत जावतमा समस्या हुँदै आएको थियो । उक्त सडक मार्ग हुँदै आवतजावत गर्ने सवारी तथा यात्रुहरुको समस्यालाई बुझेरगाउँपालिकाले चलाएको उक्त अभियान पश्चात आवतजावतमा सहज भएको स्थानीय सन्तराज राईले बताए ।

    हरेक कुराबाट पालिकालाई सुसंस्कृत, संस्थागत र समृद्ध बनाउन सरकारले चाहेर मात्र हुँदैन, नागरिक आफै अग्रसर र जिम्मेवार बनेमात्र गाउँपालिकाले देखेको समृद्धिको सपना पुरा हुने गाउँपालिका अध्यक्ष राईको भनाई छ ।

    टोल-टोल बाट नागरिक आफै सक्रिय भएर विकासको कार्यलाई हातेमालो गरी सडक तथा पूर्वाधार, सरसफाई लगायतका कार्यमा लागि पर्नुपर्ने र पालिकाभित्र हुने हरेक विकासको कार्य नागरिकस्तरबाट भईरहँदा पालिकाको साथ रहने बताए। पालिकाको समग्र क्षेत्रको विकास गरि समृद्ध साकेला निर्माण गर्न सम्पूर्ण साकेलाबासी एकजुट हुनुपर्ने प्रमुख राईको धारणा छ ।

    प्रकाशित मिति :भाद्र ९, २०८१ आइतवार - ०८:३५:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको