खोटाङ । जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष महेश राईले आफ्नो जन्मदिनको अवसरमा जिल्ला अस्पताल दिक्तेलमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरेर मनाएका छन् ।
अस्पतालमा उपचाररत १६ जना बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै शुक्रबार राईले फलफूल वितरण गरेर आफ्नो जन्मदिन मनाएका हुन् ।
प्राय:जसो मानिसहरुले आफ्नो जन्मदिन होटल वा अन्य ठाउँमा बढी फजुल खर्च गरेर मनाउने प्रचलन समाजमा बढ्दै गएकोले आफुले जिल्ला अस्पताल पुगेर फलफूल वितरण गर्दै जन्मदिन मनाएको अध्यक्ष राईले बताए ।
आफ्नो जन्मदिन समान्य खर्चमा बिरामीहरुको सेवा गरेर मनाउँदा आफुलाई निकै खुसी प्राप्त भएको राईको भनाई छ ।
आगामी दिनहरुमा पनि समाजलाई योगदान हुने किसिमका रचनात्मक काम गरेर आफ्नो जन्मदिन मनाउँने राईले बताए ।