खोटाङ। पालिका अभिलेख प्रा।लि। काठमाडौँ र शुभम् फाउण्डेशन खोटाङले जिल्लाका पाँचजना अग्रज व्यक्तित्वहरुलाई सम्मान गरेको छ । वरिष्ठ पत्रकार कृष्ण आचार्य सहित साहित्यकारहरु विष्णु आभूषण, नरेन्द्र निर्भिकार, एमसी सुमित र रेखा राई ‘क्षितिज’ लाई शनिबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।
पत्रकारिताको क्षेत्रबाट समाज रुपान्तरणमा गरेको योगदानको कदरस्वरुप आचार्यलाई र नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप जिल्लाका चारजना साहित्यिक स्रष्टालाई दोसल्ला ओढाएर सम्मान गरिएको आयोजक शुभम् फाउण्डेशनका प्रबन्ध/निर्देशक सूर्यबहादुर राईले जानकारी दिए । सम्मानित व्यक्तित्वहरुलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाउण्डेशनको सभा हलमा आयोजित कार्यक्रममा डा. पुरण राईद्धारा लिखित उपन्यास ‘वसन्त रितु’ तथा नाटक सङ्ग्रह ‘लासमाथिको मानवता’को विषयमा चर्चासमेत गरिएको छ । उपन्यास बसन्त ऋतुको विषयमा साहित्यकार बेदीकुमार राई र नाटक सङ्ग्रह लासमाथिको मानवताको विषयमा एमसी सुमितले चर्चा गरेका थिए ।
साहित्य सर्जक डा. राईले वि.सं. २०८० सालमा उपन्यास बसन्त ऋतु र नाटक सङ्ग्रह लासमाथिको मानवता कृति प्रकाशनमा ल्याएका थिए। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा जन्मिएका सर्जक डा. राईको वि.सं. २०६१ सालमा ‘मेरो देशको भूगोल’ कविता सङ्ग्रह, वि,सं. २०८० सालमा ‘कोभिडका डायरी’, कथा सङ्ग्रह ‘अस्तु’ लगायत कृतिहरु बजारमा आइसकेका छन् ।
जिल्लास्थित जनप्रतिनिधि तथा साहित्यकारहरुको उपस्थिति रहेको कार्यक्रममा पालिका अभिलेख डटकम नामक न्यूज पोर्टलसमेत सार्वजनिक गरिएको छ । इन्फो पालिका प्रा।लि।को मातहतमा रहनेगरी सञ्चालनमा ल्याइएको न्यूज पोर्टलको प्रकाशक÷सम्पादक डा। राई स्वयम् रहेको जनाइएको छ ।