उत्कृष्ट काम गर्ने हलेसी तुवाचुङ नगरपालिका सहित २१ स्थानीय तहलाई सम्मान गर्दै कांग्रेस

उत्कृष्ट काम गर्ने हलेसी तुवाचुङ नगरपालिका सहित २१ स्थानीय तहलाई सम्मान गर्दै कांग्रेस

रोदिक खबर

२६, भाद्र २०८१
  • 6.8K
    SHARES
  • उत्कृष्ट काम गर्ने हलेसी तुवाचुङ नगरपालिका सहित २१ स्थानीय तहलाई सम्मान गर्दै कांग्रेस

    खोटाङ । नेपाली कांग्रेसले उत्कृष्ट कार्य गर्ने हलेसी तुवाचुङ नगरपालिका सहित २१ स्थानीय तहलाई सम्मान गर्ने भएको छ ।

    पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिले राम्रो कार्य गरेका १० नगरपालिका र ११ गाउँपालिका गरी २१ वटा पालिकालाई कांग्रेसले सम्मान गर्न लागेको हो ।

    केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले कांग्रेसले जितेका देशभरका ३२९ स्थानीय तहमध्ये उत्कृष्ट कार्य गर्ने २१ वटा पालिकाहरूलाई सम्मान गर्न लागेको हो ।

    ती गाउँपालिका र नगरपालिकाहरूलाई बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको उक्त विभागका प्रमुख आचार्यले जानकारी दिए ।

    २०७९ को निर्वाचनमा कांग्रेसले देशभरका ३२९ स्थानीय तहमा नगरप्रमुख/अध्यक्ष र ३०१ स्थानीय तहमा उपाध्यक्ष/उपप्रमुख जितेको थियो ।

    प्रकाशित मिति :भाद्र २६, २०८१ बुधवार - २०:०४:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको