भुपेन्द्र राईको नेतृत्वमा कोशी सरकारमा सहभागी हुँदै कांग्रेस, आज शपथ

भुपेन्द्र राईको नेतृत्वमा कोशी सरकारमा सहभागी हुँदै कांग्रेस, आज शपथ

रोदिक खबर

२८, भाद्र २०८१
  • 7.0K
    SHARES
  • भुपेन्द्र राईको नेतृत्वमा कोशी सरकारमा सहभागी हुँदै कांग्रेस, आज शपथ

    विराटनगर । सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

    कांग्रेसबाट कोशी सरकारको नेतृत्व प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईले गर्नेछन् ।

    उनी भौतिक पूर्वधार मन्त्री बन्ने तय भएको छ कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ लिनेछन् । शपथ बिहान साढे ९ बजे राखिएको छ ।

    यसैगरी खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बन्ने भएका छन् ।

    थप एक मन्त्री र एक राज्यमन्त्री केही दिनपछि सरकारमा सहभागी हुने प्रदेश महामन्त्री समेत रहेका सांसद राईले बताए ।

    गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन । आज भने एउटा मन्त्रालय छाडेर सरकारमा सहभागी हुन लागेको हो ।

    प्रकाशित मिति :भाद्र २८, २०८१ शुक्रवार - ०८:१९:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको