खोटाङ । गायक उमेश दुमी राई र गायिका लक्ष्मी श्रेष्ठको स्वरमा रहेको “सिन्दुर चुरा” बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गीतकार सन्तोष आमगाईंको शब्द रचना रहेको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –११ खार्मीका गायक राई र गायिका श्रेष्ठको पूर्वेली लयमा रहेको पूर्वेली लोकदोहोरी “सिन्दुर चुरा” बोलको गीतको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले ल्यापटपको स्विच दबाएर शुक्रबार गीतको लोकार्पण गरेका हुन् ।
साइनो कला केन्द्रमा गीतको लोकार्पण गरेसंगै लक्ष्मी श्रेष्ठ अफिसियल” नामक युट्युब च्यानलबाट पनि सार्वजनिक गरिएको साइनो कला केन्द्र खोटाङका अध्यक्ष भक्त बिकले जानकारी दिए ।
पूर्वाञ्चल रेकर्डिङ स्टुडियो इटहरीमा रेकर्ड गरिएको गीतमा रुद्र श्रेष्ठकाे संगीत भरेका छन् भने कुन्दन राईको एरेन्ज र सञ्जिप मगरले कोरस गरेका छन ।
सो गीतमा माया पिरती, जनजीवनलाई मौलिक र हृदयस्पर्शी रूपमा प्रस्तुत गरिएको देखिन्छ ।