दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार

रोदिक खबर

२९, भाद्र २०८१
  • 3.9K
    SHARES
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार

    खोटाङ, २९ भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेको छ ।

    नगरपालिकाले २०७८ सालमा प्रकाशनमा ल्याएको ‘दिरुम ज्ञानमाला’लाई परिमार्जन गर्दै वडास्तरमा छुट्टाछुट्टै विषयवस्तु हुनेगरि स्थानीय पाठ्यक्रम तयार पारेको हो ।

    यसअघि तयार पारिएको कक्षा १ देखि कक्षा ५ सम्मको स्थानीय पाठ्यक्रमको सट्टा अव हरेक वडाको आ–आफ्नै विशिष्टता समेटिएको विषयवस्तु पढाउनेगरी फरक–फरक खालको आठ वटा स्थानीय पाठ्यक्रम तयार पारिएको हो ।

    १५ वडामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१, २ र ६ वडाको विद्यालयमा पढाउनका लागि शिवहरी ढकालको संयोजकत्वको समितिले ‘रुपाकोट बैखरी’, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ र १३ का लागि बमबहादुर राईको संयोजकत्वमा ‘मुढे नुनथला’, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ र ५ का लागि लक्ष्मीप्रसाद खनालको संयोजकत्वमा ‘हाम्रो मझुवा’, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, ८ र ९ का लागि भवकृष्ण ढकालको संयोजकत्वमा ‘हाम्रो साप्सुमाला’ तयार पारिएको छ ।

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का लागि प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा ‘हाम्रो पाथेका’, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ का लागि प्रकाश राईको संयोजकत्वमा ‘हाम्रो खार्मी’, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ का लागि प्रतिमान राईको संयोजकत्वमा ‘जालपा चिनारी’ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ र १५ का लागि ललितकुमार राई संयोजकत्वको समितिले ‘दिरुम ज्ञानमाला’ नामक पाठ्यक्रम तयार पारेको हो ।

    आ–आफ्नै परिवेश, आवश्यकता, सम्भावना र अवस्थिति अनुसार तयार पारिएको स्थानीय पाठ्यक्रम कार्यपालिका र शिक्षा समितिबाट पारित गरेर कार्यन्वयनमा लगिसकिएको नगरपालिकाको शिक्षा शाखाका कर्मचारी सुवासचन्द्र राईले बताए ।

    पाठ्यक्रमको विषयमा भदौ २८ गते नगरका वडाध्यक्ष, नगर कार्यपालिका सदस्य लगायतलाई जानकारी दिइएको छ ।

    प्रकाशित मिति :भाद्र २९, २०८१ शनिवार - ०८:५८:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको