राष्ट्रिय दलित पत्रकार संघ खोटाङको दोस्रो जिल्ला अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहल दिक्तेलमा सम्पन्न संघको दोश्रो अधिवेशनबाट अध्यक्षमा सविना अछामे पुनः चयन भएकी छन् ।
११ सदस्यीय जिल्ला कार्य समितिको उपाध्यक्षमा लेख रम्तेल, सचिवमा विष्णु उपरकोटी, सह–सचिव ज्ञानेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा सन्तोष विक सर्वसम्मत चयन भएका छन् भने सदस्यहरुमा प्रमिला परियार, अजय गदाल, कोशन रोक्का, जुनु परियार, दुर्गा विश्वकर्मा र मनिष परियार चयन भएका छन्।
अधिवेशनको राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेश कार्य समितिका उपाध्यक्ष गंगा विश्वकर्माले उद्घाटन गरेका थिए। अधिवेशन उद्घाटन कार्यक्रमका वक्ताहरुले शुभकामना दिँदै जिल्लामा क्रियाशील सबै पत्रकारहरुसँगै सहकार्य गरेर अगाडि बढ्न सुझाव दिएका छन् ।
उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष दिलीप खत्री, अग्रज पत्रकार कृष्ण आचार्य, पूर्व अध्यक्षहरु डम्बरसिं राई र दमन राई, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य उजुर राई, खोटाङ दलित विकास मञ्चका अध्यक्ष पर्शुराम विश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
यस्तै, अधिवेशनमा पत्रकार कृष्णकला राई (सुनिता) र राजन ठटाललाई नगदसहित सम्मान गरिएको छ। पत्रकारिताको माध्यमबाट समाज परिवर्तन र दलित समुदायको प्रतिनिधित्व गर्दै दलित शसक्तिकरणको क्षेत्रमा कलम चलाएर समतामूलक समाज निर्माणका लागि महत्वपूर्ण योगदान पु¥याएकाले पत्रकार राई र पत्रकार ठटाल लाई जनही दुई हजार पाँच सयसहित सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको संघका जिल्ला अध्यक्ष अछामेले बताइन्।