खोटाङ । राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा खोटाङले पत्रकार कृष्णकला राई (सुनिता) र राजन ठटाललाई सम्मान गरेको छ। संघको दोश्रो जिल्ला अधिवेशनका अवसरमा मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार राई र पत्रकार ठटाल लाई जनही दुई हजार पाँच सयसहित सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको संघका जिल्ला अध्यक्ष सविना अछामेले बताइन् ।
पत्रकारिताको माध्यमबाट समाज परिवर्तन र दलित समुदायको प्रतिनिधित्व गर्दै दलित शसक्तिकरणको क्षेत्रमा कलम चलाएर समतामूलक समाज निर्माणका लागि महत्वपूर्ण योगदान पु¥याएकाले सम्मान गरिएको जनाईएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी राई खोटाङ टुडे डटकमकी सञ्चालक तथा नेपाल पत्रकार महासंघ शाखा खोटाङकी उपाध्यक्ष हुन् भने रावाबेशी गाउँपालिका–१ कुभिण्डेका पत्रकार ठटाल इफोकस न्युजका अध्यक्ष, एभिन्युज टेलिभिजन र हिमशिखर टेलिभिजनका जिल्ला संवाददाता हुन् ।