शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

बाढी पीडितको अवस्था बुझ्न धाप्लाङघाट पुगे भौतिक पूर्वाधार मन्त्री राई

बाढी पीडितको अवस्था बुझ्न धाप्लाङघाट पुगे भौतिक पूर्वाधार मन्त्री राई

रोदिक खबर

१३, आश्विन २०८१
  • 3.1K
    SHARES
  • बाढी पीडितको अवस्था बुझ्न धाप्लाङघाट पुगे भौतिक पूर्वाधार मन्त्री राई

    खोटाङ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई स्थलगत अनुगमनका लागि धाप्लाङघाट पुगेका छन् । निरन्तर तीन दिनदेखि परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले पु¥याएको भौतिक संरचनाको क्षती तथा बाढीबाट पीडित भएकाहरूको अवस्था बुझ्नका लागि मन्त्री राई आइतबार धाप्लाङघाट पुगेका हुन् ।

    मन्त्री राई त्रियुगा नगरपालिका उदयपुरका नगरप्रमुख बसन्त बस्नेत, बराहपोखरी गाउँपालिका खोटाङका अध्यक्ष शालिकराम बन्जरा, जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणादेवि राई, हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेश राउत लगायत प्राविधिक टोलि सहित धाप्लाङघाट पुगेका थिए ।

    Screenshot_20240929_201233_WhatsApp.jpgस्थलगत अनुगमनका लागि गएका मन्त्री राईले धाप्लाङघाटस्थित सुनकोसी नदीमाथिको निर्माणाधीन मोटरेबल पुल, सोही ठाँउमा रहेको झोलुङ्गे पुल र वंसिलाघाटको झोलुङ्गे पुलमा बाढीले पु¥याएको क्षती तथा  त्यस क्षेत्रमा रहेका बाढी पीडितको अवस्थाका बारेमा स्थलगत अनुगमन गरिएको मन्त्रीका स्वकीय सचिव अमृत गिरीले जानकारी दिए ।

    Screenshot_20240929_201034_WhatsApp.jpgभौतिक संरचनाको अनुगमन तथा बाढी पीडितसँग भेटघाटपछि मन्त्री राई आइतवार साँझ बिराटनगर फर्केका छन् ।

    खोटाङमा बाढी पहिरोका कारण मानवीय क्षति नभएपनि सयौ घरपरिवार विस्थापित हुँदा करोडौको धनमाल क्षति गरेको छ भने उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारस्थित सुनकोसी नदीको पक्की पुल लगायतका थुप्रै भौतिक संरचना बगाएको छ ।

    अहिले पहिरो तथा बाढीका कारण अधिकांश सडक बन्द हुँदा आवत जावतमा समस्या भएको छ ।

    Screenshot_20240929_201010_WhatsApp.jpg

    प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - २०:२२:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको