शुक्रवार, भाद्र २६ गते २०८३

५९ किसिमका कृषि उपजहरुको मूल्य निर्धारण

केपिलासगढी गाउँपालिकामा कृषि संकलन केन्द्र स्थापना

केपिलासगढी गाउँपालिकामा कृषि संकलन केन्द्र स्थापना

रोदिक खबर

२०, आश्विन २०८१
  • 3.0K
    SHARES
  • केपिलासगढी गाउँपालिकामा कृषि संकलन केन्द्र स्थापना

    खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले कृषि संकलन केन्द्र स्थापना गरेको छ। गाउँपालिकाको कृषि शाखासँगै जोडिएको पालिकाको भवनमा कृषि संकलन केन्द्र स्थापना गरेको हो।

    गाउँपालिकाले केही महिना अघि ५९ किसिमका कृषि उपजहरुको मूल्य निर्धारण गरेपछि संकलन केन्द्रको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ।

    गाउँपालिकाभित्र कृषि क्षेत्रको उत्पादनमा वृद्धि गर्न, उत्पादन भएका कृषि उपजहरुको बजार सुनिश्चित गर्न तथा समग्र कृषि क्षेत्रकै बिकास गरी कृषकहरूको आयआर्जनमा वृद्धि गर्न संकलन केन्द्रको स्थापना गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताए ।

    कृषकहरुको कृषि उपजहरुले बजार नपाएको खण्डमा गाउँपालिकाले तोकेको मुल्यमा कृषि संकलन केन्द्रमार्फत संकलन गर्छौ। त्यसपछि उक्त कृषि उपजहरु अन्य स्थानमा सप्लाई गरिदिन्छौ।

    गाउँपालिका अध्यक्ष राईले भने, ‘अब किसानको कृषि उपज बजारमा विक्री नभए पनि कुहिर जाने छैन। गाउँपालिकाले खरीद गर्छ किसानले त्यसको मूल्य पाउनुहुन्छ।

    प्रकाशित मिति :आश्विन २०, २०८१ आइतवार - ०७:०२:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको