प्रथम केवाइसी खुल्ला भलिबलको उपाधि ओखलढुंगा तलुवालाई

प्रथम केवाइसी खुल्ला भलिबलको उपाधि ओखलढुंगा तलुवालाई

रोदिक खबर

२, कार्तिक २०८१
  • 2.7K
    SHARES
  • प्रथम केवाइसी खुल्ला भलिबलको उपाधि ओखलढुंगा तलुवालाई

    खोटाङ । खोटाङको हलेसीमा आयोजित प्रथम केवाइसी खुल्ला पुरुष भलिबलको उपाधि ओखलढुंगाले जितेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेमा सम्पन्न खुल्ला पुरुष भलिबलको उपाधि ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ तलुवाले जितेको हो । तलुवाले उपाधिसँगै नगद ७० हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    दोस्रो भएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानले नगद ३० हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । बिहिबार भएको फाइनल खेलमा हलेसी महादेवस्थानलाई ३–१ को सेटमा पराजित गर्दै तलुवाले उपाधि जितेको हो ।

    कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई (पिके) र हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राई लगायतले पुरस्कार प्रदान गरेका हुन् । सेमिफाइनलिस्ट हलेसी तुवाचुङ नगरपालिकाका–८ धितुङका दुवै टिमलाई नगद १०/१० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिका सदस्य एवं सरस्वती मावि अर्खौलेका प्रधानाध्यापक नविन चाम्लिङले बताए।

    कात्तिके युवा क्लब (केवाइसी) को आयोजनामा स्वर्गीय नरबहादुर गौरीमाया खेलमैदानमा सञ्चालन भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उत्कृष्ट खेलाडी तलुवा ओखलढुंगाका रोमन बस्नेत भएका छन् । उनले नगद ५ हजारसहित टोकन अफ लव प्राप्त गरेका छन् ।

    यस्तै, उत्कृष्ट स्पाइकर तलुवा ओखलढुंगाका विष्णु बस्नेत, उत्केष्ट क्विकर तलुवा ओखलढुंगाका निरुप बस्नेत, उत्कृष्ट सेटर तलुवा ओखलढुंगाका मनोज घिमिरे, उत्कृष्ट डिफेण्डर हलेसीका बादल राई, उत्कृष्ट सर्भर हलेसीका शंकर  मोक्तान, उत्कृष्ट ब्लकर हलेसीका रोशन विक र अनुसासित खेलाडी हलेसीका सविन श्रेष्ठ बनेका छन् । उनीहरुलाई २/२ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

    असोज २९ गतेबाट सुरु भएको यस प्रतियोगितामा जम्मा १६ टिम सहभागी भएका थिए ।

    प्रकाशित मिति :कार्तिक २, २०८१ शुक्रवार - ०७:५०:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको