प्रथम सोल्मा यू–१७ फुटबलको उपाधि आयोजक सोल्मा स्पोर्टस् क्लबलाई

प्रथम सोल्मा यू–१७ फुटबलको उपाधि आयोजक सोल्मा स्पोर्टस् क्लबलाई

रोदिक खबर

६, कार्तिक २०८१
  • 2.4K
    SHARES
  • प्रथम सोल्मा यू–१७ फुटबलको उपाधि आयोजक सोल्मा स्पोर्टस् क्लबलाई

    खोटाङ । खोटाङको सोल्मा स्पोर्टस् क्लब (निलो) ले प्रथम सोल्मा यू १७ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोल्मा स्पोर्टस् क्लबको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा दिक्तेल फुटबल क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आयोजक टोलीले उपाधि हात पारेको हो ।

    खेलको पहिलो हाफको ५ औं मिनेटमा प्रवीण तामाङले पहिलो गोल गरेका थिए । दोस्रो हाफमा गोलकिपर पास्कल बस्नेत र तिलक कार्कीले थप एकएक गोल गर्दै उपाधि जिताएका थिए । विजेता टोलीले २५ हजार र उपविजेताले १५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    व्यक्तिगत विधातर्फ सोल्मा निलोका तिलक कार्की उत्कृष्ट खेलाडी घोषित भए । कार्कीले २,२२२ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । अन्य विधागत पुरस्कार विजेताहरूले १,१११ रुपैयाँ नगद प्राप्त गरेका छन् । प्रवीण तामाङ सर्वाधिक गोलकर्ता, पास्कल बस्नेत उत्कृष्ट गोलकिपर, दिलीप राई उत्कृष्ट डिफेन्डर, आशिष राई उत्कृष्ट मिडफिल्डर र सनम राई उत्कृष्ट प्रशिक्षक घोषित भए ।

    जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई (महेश) को उपस्थितिमा सबै विजेता खेलाडीहरुलाई पुरस्कार ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको जिल्ला फुटवल संघका अध्यक्ष एबम् स्पोर्टस् क्लबका अध्यक्ष धु्रवविक्रम राईले जानकारी दिए । 

    प्रकाशित मिति :कार्तिक ६, २०८१ मंगलवार - १२:२४:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको