एसईई र १२ कक्षामा उत्कृष्ट जीपीए ल्याउने दुई विद्यार्थीलाई नगद सहित सम्मान

एसईई र १२ कक्षामा उत्कृष्ट जीपीए ल्याउने दुई विद्यार्थीलाई नगद सहित सम्मान

रोदिक खबर

१०, कार्तिक २०८१
  • 2.7K
    SHARES
  • एसईई र १२ कक्षामा उत्कृष्ट जीपीए ल्याउने दुई विद्यार्थीलाई नगद सहित सम्मान

    खोटाङ । दाहाल प्रतिष्ठान शाखा समिति खोटाङले एसईई र कक्षा–१२ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउने दाहाल परिवारका दुई जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । दाहाल प्रतिष्ठानले दाहाल परिवारभित्र जिल्लाभरिमा एसईई र कक्षा १२ मा उत्कृष्ट जीपीए ल्याउने दुई विद्यार्थीलाई नगद सहित सम्मान गरेको हो ।

    दाहाल प्रतिष्ठानले शनिवार दिक्तेलस्थित आफ्नै प्रतिष्ठानको कार्यालय दिक्तेलमा एक कार्यक्रमको आयोजना गरी एसईईमा उत्कृष्ट जीपीए ल्याउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की टेलिसा दाहाल र कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउने दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका रोजन दाहाललाई नगद पाँच हजारसहित सम्मानपत्रले सम्मान गरिएको दाहाल प्रतिष्ठान शाखा समिति खोटाङका अध्यक्ष मिनकुमार दाहालले जानकारी दिए ।

    शैक्षिक सत्र २०८० सालको एसईईमा टेलिसाले दिक्तेल इङलिस बोडिङ स्कूलबाट ३ दशमलव ७९ जिपिए र रोजनले कक्षा १२ को परीक्षामा ख्वपा माध्यमिक विद्यालय भक्तपुरबाट विज्ञान संकायतर्फ ३ दशमलव ६१ जिपिए ल्याएका थिए ।

    aa.jpegखोटाङ जिल्लाभित्र बसोबास गरिरहेका दाहाल परिवारका विद्यार्थीहरुको हौसला बढाउनलाई नगदसहित सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष दाहालले बताए । प्रतिष्ठानले एसईई र कक्षा–१२ उतीर्ण गरेका अन्य दाहाल समुदायका विद्यार्थीहरुलाई पनि खादा लगाएर बधाई तथा शुभकामना दिएको छ ।

    samman1.jpegसम्मान तथा वधाई कार्यक्रममा दाहाल प्रतिष्ठाका केन्द्रीय सदस्य बलराम दाहाल, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप दाहाल, नेपाल पत्रकार महासंघ खोटाङका सहसचिव चिसाङ शेर्पा, दाहाल प्रतिष्ठान शाखा समिति खोटाङका लेखा समिति संयोजक नइन्द्र कुमार दाहाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ का पूर्व वडाध्यक्ष हर्कबहादुर दाहाल, दाहाल प्रतिष्ठान शाखा समिति खोटाङका पूर्व अध्यक्ष भक्तबहादुर दाहाल, शिक्षक जयन्ती दाहाल,शाखा समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको दाहाल प्रतिष्ठान शाखा समिति खोटाङका सचिव लिलाबहादुर दाहालले जानकारी दिए ।

    प्रकाशित मिति :कार्तिक १०, २०८१ शनिवार - १९:४७:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको